विश्वकपमा घानाको रोमान्चक जित: ९५ औँ मिनेट गोलले पानामा पराजित « Khabarhub

विश्वकपमा घानाको रोमान्चक जित: ९५ औँ मिनेट गोलले पानामा पराजित


४ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

टोरन्टो – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा घानाले पानामामाथि १–० को संघर्षपूर्ण र रोमान्चक जित दर्ता गरेको छ । क्यानडाको टोरन्टोस्थित बीएमओ फिल्डमा बिहीबार सम्पन्न खेलको अन्तिम समयमा गोल गर्दै घानाले प्रतियोगितामा सुखद सुरुवात गरेको हो ।

पहिलो हाफमा निकै फितलो प्रदर्शन गरेको घानाविरुद्ध पानामाले आक्रामक खेल पस्किएको थियो । थोमस क्रिस्टियान्सेनको प्रशिक्षणमा रहेको पानामाले पहिलो हाफमा खेल नियन्त्रणमा राख्दै गोलका राम्रा अवसर सिर्जना गरे पनि घानाको रक्षापंक्ति बाधक बनेको थियो ।

दोस्रो हाफमा भने कार्लोस क्विरोजको घाना टोलीले आफ्नो खेलमा व्यापक सुधार गर्‍यो । खेल बराबरी तर्फ धकेलिरहेका बेला इन्जुरी समयको पाँचौँ (९५ औँ) मिनेटमा क्यालेब यिरेन्कीले गोल गर्दै घानालाई महत्वपूर्ण ३ अंक दिलाए । ब्रान्डन थॉमस-असान्टे र एन्टोइन सेमेन्योको उत्कृष्ट पास र मुभलाई सदुपयोग गर्दै यिरेन्कीले बललाई जाली चुमाएका थिए । यो गोल विश्वकपको इतिहासमा घानाले सबैभन्दा ढिलो समयमा गरेको गोल बनेको छ ।

यो जितसँगै घाना समूह ‘एल’ मा ३ अंक जोड्दै अघिल्लो खेलमा क्रोएसियालाई ४-२ ले हराएको इङ्गल्यान्डसँगै शीर्ष स्थानमा उक्लिएको छ । खेलभरि उत्कृष्ट प्रदर्शन गरेर पनि अन्तिम मिनेटमा गोल बेहोरेको पानामाका लागि भने पहिलो अंक जोड्ने प्रतीक्षा अझै लम्बिएको छ ।

प्रकाशित मिति : ४ असार २०८३, बिहिबार  ७ : ०२ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर