जुम्लामा विद्यालयस्तरीय ‘एनसिसी’ तालिम सञ्चालन « Khabarhub

जुम्लामा विद्यालयस्तरीय ‘एनसिसी’ तालिम सञ्चालन


४ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लाको कनकासुन्दरी गाउँपालिका– ५ स्थित कनकासुन्दरी माध्यमिक विद्यालयका विद्यार्थीलाई नेपाली सेनाले विद्यालयस्तरीय राष्ट्रिय सेवा दल (एनसिसी) जुनियर डिभिजन तालिम प्रदान गरेको छ ।

जुम्लास्थित नेपाली सेनाको देवीदत्त गणले सो विद्यालयका विद्यार्थीलाई यही असार १ गतेदेखि राष्ट्रिय सेवा दल जुनियर तालिम आज सञ्चालन गरिएको देविदत्त गणका गणपति प्रमुख सेनानी धीरज थापाले बताए । 

एकसय दिनको एनसिसी तालिमअन्तर्गत ७९ दिन जिल्लामै सञ्चालन हुने छ । बाँकी २१ दिन नेपालगञ्जमा तालिम सञ्चालन हुने भएको छ ।

तालिममा विद्यार्थीलाई राष्ट्रप्रेम, नेतृत्व विकास, अनुशासन, जबाफदेहिता, इमानदारिता र बफादारताबारे प्रशिक्षित गरिने प्रमुख सेनानी थापाको भनाइ छ ।

कनकासुन्दरी गाउँपालिकाका प्रमुख दामोदरप्रसाद आचार्यले विपद् व्यवस्थापन, सरसफाइ तथा वातावरण संरक्षणलगायतका विषयमासमेत जानकारी गराइने सो  तालिमको महत्त्व दीर्घकालीन रहेको बताए ।  

विद्यालयले नेपाली सेनाको पहलमा हुने सो तालिमबाट राष्ट्र र राष्ट्रियता प्रतिबद्ध, वातावरण संरक्षणमा सचेत तथा अनुशासित जनशक्ति निर्माणमा सहयोग पुग्ने अपेक्षा गरेको छ । नेपाली सेनाले देशव्यापी रुपमा यसकिसिमको तालिम कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।
 

प्रकाशित मिति : ४ असार २०८३, बिहिबार  १२ : १६ बजे

तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प: १६ जनाको मृत्यु, ३२ घाइते

काठमाडौँ – तिब्बतको हिमाली क्षेत्रमा बिहीबार राति गएको ७ म्याग्निच्यूडको

रास्वपा सभापति लामिछाने तीन दिने भारत भ्रमणमा, कैँछी धाम र कामाख्या मन्दिरमा पूजाअर्चना गर्ने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

३६२ वर्ष पुरानो तान्त्रिक परम्परा: ललितपुर पाटनको अष्टमातृका नाच

ललितपुर – परम्परागत तान्त्रिक विधि र धार्मिक आस्थाका साथ मनाइने

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल कात्तिक ६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल कात्तिक ६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ६ गते शुक्रबार सन् २०२६