अमेरिका–इरान सहमति : होर्मुज जलडमरूमध्यको प्रतिबन्ध हटाइने « Khabarhub

अमेरिका–इरान सहमति : होर्मुज जलडमरूमध्यको प्रतिबन्ध हटाइने


४ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिका र इरानबीच युद्धविरामको अवधि थप गर्ने सहमति कार्यान्वयनमा आएको छ । १४ बुँदे उक्त सहमतिअन्तर्गत विश्व व्यापारका लागि महत्वपूर्ण मानिने होर्मुज जलडमरूमध्य पुनः सञ्चालनमा ल्याइने भएको छ।

सहमति अनुसार अमेरिकाले इरानमाथि लगाएको नौसैनिक नाकाबन्दी हटाउने प्रक्रिया सुरु गर्नेछ भने ३० दिनभित्र उक्त नाकाबन्दी पूर्ण रूपमा अन्त्य हुनेछ।

इरानले पनि आगामी ६० दिनसम्म होर्मुज जलडमरूमध्यबाट आवतजावत गर्ने व्यावसायिक जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न सक्दो प्रयास गर्ने र कुनै शुल्क नलिने प्रतिबद्धता जनाएको छ।

सहमतिअन्तर्गत इरानले आणविक हतियार निर्माण वा खरिद नगर्ने जनाएको छ भने अमेरिकाले इरानमाथि लगाइएका सबै आर्थिक प्रतिबन्ध हटाउने सहमति गरेको छ।

दुवै देशले अधिकतम ६० दिनभित्र अन्तिम सम्झौतामा पुग्ने लक्ष्यसहित वार्ता अघि बढाउने सहमति गरेका छन्। पारस्परिक सहमतिमा उक्त समयसीमा थप गर्न सकिने व्यवस्था पनि गरिएको छ।

प्रकाशित मिति : ४ असार २०८३, बिहिबार  १ : ३३ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर