उमेर अनुसार कस्तो र कति मासु खाने ? थाहा पाउँनुहोस् | Khabarhub Khabarhub

उमेर अनुसार कस्तो र कति मासु खाने ? थाहा पाउँनुहोस्


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

माछा मासुलाई प्रोटिनसहित पोषणको राम्रो स्रोत मानिन्छ । १०० ग्राम मासुमा लगभग २५ ग्रामभन्दा बढी प्रोटिन पाइनुका साथै भिटामिन र मिनिरल पनि प्रशस्त मात्रामा पाइन्छ ।

मासुको सेवनले मांसपेसी विकासमा समेत मद्दत गर्छ । मासुमा आइरनसहित भिटामिन ‘ए’, ‘डी’, ‘ई’ र केही मात्रामा भिटामिन ‘बी’ र जिंकसमेत पाइन्छ ।

जसको सेवनले मानिसलाई निकै फाइदा पुर्या‍उँछ । तर चाहिनेभन्दा बढी मासुको सेवन भने स्वास्थ्यका लागि हानिकारक हुन्छ । हामी केही टिप्स दिँदैछौँ, जसमा उमेरअनुसार कति मासु खाने त्यसको जानकारी मिल्दछ ।

१. एउटा स्वस्थ वयस्क व्यक्तिलाई प्रत्येक दिन ६० देखि ७० ग्राम प्रोटिन चाहिन्छ । वयस्कहरुले हप्तामा एकदिन चिल्लो र छालारहित मासु सेवन गर्न सकिन्छ । वयस्क व्यक्तिलाई हप्तामा एक दिन मात्र मासु खानु स्वास्थ्यका हिसाबले राम्रो मानिन्छ ।

२. बच्चालाई दैनिक २५ देखि ३० ग्राम प्रोटिन आवश्यक हुन्छ । बढ्ने उमेर भएका बच्चालाई अधिक मात्रामा प्रोटिन र आइरनको आवश्यकता पर्दछ । त्यसैले बच्चालाई पचाउन सक्नेगरी मासु खुवाउन सकिन्छ । तर एकै पटकमा धेरै मासु दिनुभन्दा थोरैथोरै गरेर दिएको मासुले लाभ दिन्छ ।

३. १८ वर्षसम्मका किशोर–किशोरीले रातो मासु खाँदा कुनै असर गर्दैन । तर त्योभन्दा बढी उमेर समूहका मानिसले भने शरीर, दैनिक क्रियाकलाप र स्वास्थ्य अवस्थाअनुसार मात्र केही मात्रामा रातो मासु खान सक्छन् । रातो मासु भन्नाले खसी र रागाको मासु पर्दछ भने कुखुरा र माछाको मासुलाई सेतो मासु भनिन्छ ।

४. सुत्केरी, गर्भावस्थाका महिलालाई दैनिक ६० देखि १०० ग्राम प्रोटिन आवश्यक हुन्छ । साथै मासुमा हुने आइरनले सुत्केरी र गर्भवती महिलाहरुलाई शरीरमा रगतको पूर्तिका लागि मद्दत गर्छ । त्यसैले यस्तो अवस्थामा अन्य सन्तुलन भोजनसँग मिलाएर मासु सेवन गर्दा राम्रो मानिन्छ ।

तर मासु खाँदा कब्जियतलगायतका पेटका समस्यासमेत देखिन सक्छ । त्यसकारण मासु खादा सचेत हुनु आवश्यक छ । अन्यथा उच्च कोलेस्टेरोल, उच्च रक्तचाप, युरिक एसिड र मुटुसम्बन्धी रोगहरुले सताउन सक्छ । मासुको सेवन गर्दा भिटामिन सीयुक्त खानेकुरासंग मिलाएर खाएमा मासुबाट आउने फलामतत्व र पोषणलाई सोस्न मद्दत गर्छ । प्याकिङको मासु भन्दा ताजा र सुरक्षित मासु हाम्रो स्वास्थ्यका लागी उपयुक्त हुन्छ ।
_

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  २ : ४८ बजे

कोशीमा बिजुलीको ट्रान्सफरमर चोरी, १२ जना प्रहरी नियन्त्रणमा

काठमाडौं– कोशी प्रदेशको मोरङ, सुनसरी र झापामा संगठित रूपमा बिजुलीको

सर्वोच्च अदालतका तीन न्यायाधीश सम्मानित

काठमाडौं– दोलखा कानुन व्यवसायी समाजले त्यहाँ घर भई सर्वोच्च अदालतको

‘कुलिङ पिरियडको गडबडीबारे छानबिन गर्न बनेको समितिको प्रतिवेदन कार्यान्वयनमा लैजानुपर्छ’

काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कुलिङ अफ पिरियडमा

दमौली कारागारका कैदीबन्दीमा छालाजन्य रोग

तनहुँ – दमौली कारागारमा रहेका कैदीबन्दीमा छालाजन्य रोग देखिएको छ।

उत्तरकाशीको धारालीमा भीषण बाढी, हेर्दाहेर्दै बगायो सिंगो बस्ती (भिडियो)

उत्तरकाशी, उत्तराखण्ड- उत्तराखण्डको खीरगंगा नदीमा आएको अचानक बाढीले उत्तरकाशी जिल्लाको