झोलामा खोलाको प्रवृत्ति अन्त्य गरेरै छाड्छु : ऊर्जामन्त्री श्रेष्ठ « Khabarhub

झोलामा खोलाको प्रवृत्ति अन्त्य गरेरै छाड्छु : ऊर्जामन्त्री श्रेष्ठ


४ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले झोलामा खोलाको प्रवृत्ति अन्त्य गरेरै छाड्ने बताएका छन् ।  

संसदमा बिहीबार विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले जलविद्युत आयोजना कब्जा गर्ने गरी हुँदै आएको झोलामा खोलाको प्रवृत्ति अन्त्य गरेरै छाड्ने बताएका हुन् ।

वास्तविक लगानीकर्तालाई सहजीकरण गर्न मन्त्रालय सधैँ प्रतिबद्ध रहेको भन्दै उनले  निजी क्षेत्र मैत्री हुँदाहुँदै पनि सुशासनका सन्दर्भमा केही निर्मम बन्नुपर्ने अवस्था आएको धारणा राखे ।

मन्त्री श्रेष्ठले यस आर्थिक वर्षको अन्त्यसम्म ६६ केभी र सोभन्दा माथिका प्रसारण लाइन करिब सात हजार ४८ सर्किट किलोमिटर सम्पन्न हुने अनुमान गरिएको बताए । आगामी आर्थिक वर्षमा करिब आठ सय सर्किट किलोमिटर थप निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको उनको भनाइ छ ।

उनले आन्तरिक तथा अन्तरदेशीय प्रसारण लाइन र वितरण लाइन सुधार तथा विस्तारका लागि करिब ४६ अर्ब २५ करोड रुपैयाँ विनियोजित गरिएको जानकारी दिए । ऊर्जा क्षेत्रको रूपान्तरणका निम्ति अहिले सरकार प्रस्थान बिन्दुमा रहेको भन्दै उनले ऊर्जामार्फत देशको आर्थिक विकासमा अझ धेरै काम गर्न बाँकी नै रहेको उल्लेख गरे ।

उनले लामो समयदेखि अलपत्र परेका आयोजनाहरूलाई छिटो सम्पन्न गर्ने र यसै वर्ष पूरा हुने आयोजनाहरूमा बजेट विनियोजन गर्दा प्राथमिकता दिएको बताए ।

मन्त्री श्रेष्ठले आगामी आर्थिक वर्षभित्र जलविद्युत आयोजनाबाट ६ सय ७० मेगावाट र सौर्य आयोजनाबाट तीन सय ७० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध हुँदा कुल जडित क्षमता पाँच हजार पाँच सय ३५ मेगावाट पुग्ने प्रक्षेपण गरिएको जानकारी दिए  ।

साथै आगामी दश वर्षमा विद्युत् जडित क्षमता तीस हजार मेगावाट पुर्‍याउने सरकारको लक्ष्य रहेको उनले बताए । उनले उत्पादित विद्युत् खेर जान नदिन उपभोक्तासम्म दिगो आपूर्ति सुनिश्चित गर्न सरकारले उत्पादनभन्दा बढी प्रसारण र वितरण प्रणाली सुदृढीकरणमा जोड दिएको समेत बताए । 

प्रकाशित मिति : ४ असार २०८३, बिहीबार  ४ : ४० बजे

फ्लड लाइटको उज्यालोमा रातभर चल्दैछ त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास

रसुवा – प्रतिकूल मौसम र रातको अँध्यारोका बीच बाढीका कारण

नेपालको विनाशकारी बाढीपछि भारतको राहत तथा उद्धार सहयोग तीव्र

काठमाडौं– भोटेकोशी क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीपछि

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की – रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

भोटेकोशी बाढी : काठमाडौं महानगरपालिकाले चार करोड ५४ लाख बढी सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले रसुवा भोटेकोशी बाढीजन्य विपद् व्यवस्थापन गर्न