राप्रपाको महाधिवेशन मंसिर २६–२८ मा, कार्यतालिका पारित « Khabarhub

राप्रपाको महाधिवेशन मंसिर २६–२८ मा, कार्यतालिका पारित


४ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी महाधिवेशनको कार्यतालिका पारित गरेको छ।

पार्टी कार्यालय धुम्बाराहीमा बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा महाधिवेशन आयोजना गर्ने निर्णय गरेको हो।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन समितिले प्रस्तुत गरेको नियमावली र निर्देशिकालाई आवश्यक परिमार्जनसहित पारित गरिएको जानकारी दिए। उनका अनुसार केन्द्रीय कार्यसम्पादन समितिबाट पारित प्रस्तावहरू शुक्रबारदेखि सुरु हुने केन्द्रीय समितिको बैठकमा प्रस्तुत गरिनेछन्।

अध्यक्ष लिङदेनले केन्द्रीय समितिको बैठकले कार्यसम्पादन समितिबाट पारित प्रस्तावहरूमाथि विस्तृत छलफल गरी आवश्यक निर्णय लिने बताए।

उनले महाधिवेशनलाई लक्षित गर्दै भदौ मसान्तभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने तथा असोज मसान्तसम्म सक्रिय सदस्यता वितरणको कार्य सम्पन्न गर्ने प्रस्ताव पनि बैठकले अघि सारेको जानकारी दिए। 

राप्रपाले महाधिवेशनको तयारीलाई व्यवस्थित र समयबद्ध बनाउन चरणबद्ध कार्यतालिका तय गरेको जनाएको छ।

प्रकाशित मिति : ४ असार २०८३, बिहिबार  ५ : ५७ बजे

आज २०८३ साल कात्तिक ६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ६ गते शुक्रबार सन् २०२६

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष