रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा « Khabarhub

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा


४ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ । २०७९ असार ७ गते स्थापना भएको पार्टीले चार वर्षपछि पहिलोपटक महाधिवेशन गर्न लागेको हो ।

चितवनमा हुन लागेको महाधिवेशनमा पार्टीले सबै मुख्य दलका नेताहरूलाई निमन्त्रणा दिएको छ। मुख्य दलका नेतृत्वमा रहेका व्यक्तिहरूलाई दिएको निमन्त्रणामा श्रम संस्कृति पार्टीका हर्क साम्पाङ उपस्थित नहुने घोषणा गरिसकेका छन् ।

महाधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओली उपस्थित हुन्छन् हुँदैनन् भन्ने विषय अहिलेसम्म जानकारी गराइएको छैन । तर नेपाली कांग्रेसका सभापति गगन थापा भने महाधिवेशनमा उपस्थित हुने निश्चित भइसकेको छैन ।

महाधिवेशनमा नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट पुष्पकमल दाहाल प्रचण्ड वा माधव नेपाल उपस्थित हुनसक्ने बताइएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भने राजेन्द्र लिङ्देन नै उपस्थित हुने सूचना आएको छ।

महाधिवेशनमा सीके राउत लगायतका नेताहरूलाई समेत निमन्त्रणा दिएको संकेत गरिएको छ। पार्टीको पहिलो महाधिवेशनमा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ समेत उपस्थित हुनसक्ने बताइएको छ।

प्रकाशित मिति : ४ असार २०८३, बिहीबार  ९ : ४१ बजे

५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन

दाङ– यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२-८३ मा ५८

रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

त्रिशूली– नुवाकोटको टोखा–छहरे सडकखण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो, ११ मृत सैनिकका परिवारलाई बीमा रकम प्रदान

काठमाडौं- भारतको ८०औँ स्वतन्त्रता दिवस शनिबार काठमाडौंस्थित भारतीय राजदूतावासमा विभिन्न कार्यक्रम

विशेष महाधिवेशन पक्षधरलाई साउदको जवाफ, ‘अदालतले वैधता देला, राजनीतिक एकता दिन सक्दैन’

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले इतर समूहको राष्ट्रिय भेलामा

नाइजेरियामा समुदायबीचको झडपमा २० जनाभन्दा बढीको मृत्यु

अबुजा- मध्य नाइजेरियाको नाइजर राज्यमा प्रतिद्वन्द्वी काम्बारी र फुलानी समुदायबीच भएको