वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन « Khabarhub

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन


४ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने सबै इजाजतपत्रवाला संस्थालाई निर्देशन दिएको छ।

विभागले बुधबार सूचना जारी गर्दै विदेशमा रहेका नेपाली श्रमिकहरूले रोजगार सम्झौताअनुसार तलब तथा सेवा–सुविधा नपाएको, सुरक्षित आवासको व्यवस्था नभएको, सम्झौताविपरीत काम गर्न बाध्य पारिएको लगायतका गुनासा पटक–पटक प्राप्त भइरहेकाले श्रमिकको हक, हित, सुरक्षा तथा श्रम अधिकारको संरक्षणका लागि यस्तो व्यवस्था लागू गरिएको जनाएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनअनुसार जारी सूचनामा इजाजतपत्रवाला संस्थाले आफूले वैदेशिक रोजगारीमा पठाएका प्रत्येक व्यक्ति तथा समूह ९लट नम्बर० का श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्नुपर्ने उल्लेख छ।

त्यस्तै, प्रत्येक महिनामा प्रत्येक समूहबाट कम्तीमा ५ देखि १० जना श्रमिकसँग प्रत्यक्ष सम्पर्क गरी तलब, सेवा–सुविधा, आवास, कार्य वातावरण तथा रोजगार सम्झौताका अन्य सर्तहरूको कार्यान्वयन अवस्थाबारे जानकारी संकलन गर्नुपर्ने व्यवस्था गरिएको छ।

रोजगार सम्झौताविपरीतको अवस्था फेला परेमा सम्बन्धित म्यानपावर कम्पनीले रोजगारदाता कम्पनीसँग तत्काल समन्वय गरी सम्झौताका सर्त कार्यान्वयन गराउनुपर्नेछ। साथै, त्यससम्बन्धी विवरण संकलन गरी विभागले तोकेको ढाँचाअनुसार प्रत्येक तीन महिनामा विभागको संस्था अनुगमन शाखामा बुझाउनुपर्नेछ।

विभागले विदेश जानुअघि सबै श्रमिकलाई रोजगार सम्झौता, गन्तव्य मुलुकको कानुन, सेवा–सुविधा, श्रम अधिकार तथा गुनासो दर्ता प्रक्रियाबारे स्पष्ट जानकारी गराउन पनि इजाजतपत्रवाला संस्थालाई निर्देशन दिएको छ ।

विदेशमा रहेका श्रमिकले कुनै समस्या वा सम्झौताविपरीतको अवस्था भोग्नुपरेमा सम्बन्धित संस्थाले तत्काल सुनुवाइ गरी समाधान प्रक्रिया अघि बढाउनुपर्ने विभागले जनाएको छ। उद्धार आवश्यक पर्ने अवस्था आएमा सम्बन्धित निकायसँग समन्वय गरी उद्धार तथा क्षतिपूर्तिको व्यवस्था गर्नसमेत निर्देशन दिइएको छ।

विभागले श्रमिकको सुरक्षा, अधिकार र कल्याण सुनिश्चित गर्न सबै इजाजतपत्रवाला संस्थालाई निर्देशनको प्रभावकारी कार्यान्वयन गर्न आग्रह गरेको छ।

प्रकाशित मिति : ४ असार २०८३, बिहिबार  १० : ०० बजे

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण

दसैँ बिदामा १५ हजार बढीबाट हेटौँडास्थित शहीद स्मारकको अवलोकन

बागमती– बागमती प्रदेशको राजधानी हेटौँडास्थित शहीद स्मारकको यस वर्षको दसैँ

ह्यारी केनले जिते बालोन डी’ओर अवार्ड

काठमाडौँ– इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार स्ट्राइकर

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल