वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन « Khabarhub

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन


४ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने सबै इजाजतपत्रवाला संस्थालाई निर्देशन दिएको छ।

विभागले बुधबार सूचना जारी गर्दै विदेशमा रहेका नेपाली श्रमिकहरूले रोजगार सम्झौताअनुसार तलब तथा सेवा–सुविधा नपाएको, सुरक्षित आवासको व्यवस्था नभएको, सम्झौताविपरीत काम गर्न बाध्य पारिएको लगायतका गुनासा पटक–पटक प्राप्त भइरहेकाले श्रमिकको हक, हित, सुरक्षा तथा श्रम अधिकारको संरक्षणका लागि यस्तो व्यवस्था लागू गरिएको जनाएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनअनुसार जारी सूचनामा इजाजतपत्रवाला संस्थाले आफूले वैदेशिक रोजगारीमा पठाएका प्रत्येक व्यक्ति तथा समूह ९लट नम्बर० का श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्नुपर्ने उल्लेख छ।

त्यस्तै, प्रत्येक महिनामा प्रत्येक समूहबाट कम्तीमा ५ देखि १० जना श्रमिकसँग प्रत्यक्ष सम्पर्क गरी तलब, सेवा–सुविधा, आवास, कार्य वातावरण तथा रोजगार सम्झौताका अन्य सर्तहरूको कार्यान्वयन अवस्थाबारे जानकारी संकलन गर्नुपर्ने व्यवस्था गरिएको छ।

रोजगार सम्झौताविपरीतको अवस्था फेला परेमा सम्बन्धित म्यानपावर कम्पनीले रोजगारदाता कम्पनीसँग तत्काल समन्वय गरी सम्झौताका सर्त कार्यान्वयन गराउनुपर्नेछ। साथै, त्यससम्बन्धी विवरण संकलन गरी विभागले तोकेको ढाँचाअनुसार प्रत्येक तीन महिनामा विभागको संस्था अनुगमन शाखामा बुझाउनुपर्नेछ।

विभागले विदेश जानुअघि सबै श्रमिकलाई रोजगार सम्झौता, गन्तव्य मुलुकको कानुन, सेवा–सुविधा, श्रम अधिकार तथा गुनासो दर्ता प्रक्रियाबारे स्पष्ट जानकारी गराउन पनि इजाजतपत्रवाला संस्थालाई निर्देशन दिएको छ ।

विदेशमा रहेका श्रमिकले कुनै समस्या वा सम्झौताविपरीतको अवस्था भोग्नुपरेमा सम्बन्धित संस्थाले तत्काल सुनुवाइ गरी समाधान प्रक्रिया अघि बढाउनुपर्ने विभागले जनाएको छ। उद्धार आवश्यक पर्ने अवस्था आएमा सम्बन्धित निकायसँग समन्वय गरी उद्धार तथा क्षतिपूर्तिको व्यवस्था गर्नसमेत निर्देशन दिइएको छ।

विभागले श्रमिकको सुरक्षा, अधिकार र कल्याण सुनिश्चित गर्न सबै इजाजतपत्रवाला संस्थालाई निर्देशनको प्रभावकारी कार्यान्वयन गर्न आग्रह गरेको छ।

प्रकाशित मिति : ४ असार २०८३, बिहीबार  १० : ०० बजे

राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

काठमाडौं – सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार