दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता « Khabarhub

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता


४ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक गणतन्त्रले दक्षिण अफ्रिकाविरुद्ध सुरुवाती अग्रता बनाएको छ।

खेलको छैटौं मिनेटमै चेक गणतन्त्रका मिचाल सादिलेकले गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका हुन्। सादिलेकले अलेक्जेन्डर सोइकाको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए।

यसअघि दुवै टोलीले विश्वकपको पहिलो खेलमा हार बेहोरेका थिए। दक्षिण अफ्रिका मेक्सिकोसँग २–० ले पराजित भएको थियो भने चेक गणतन्त्र दक्षिण कोरियासँग २–१ ले हारेको थियो।

समूह चरणमा टिकिरहन दुवै टोलीलाई जित आवश्यक रहेको अवस्थामा एटलान्टामा जारी खेलमा चेक गणतन्त्रले आक्रामक सुरुवात गरेको छ।

प्रकाशित मिति : ४ असार २०८३, बिहिबार  १० : १२ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर