१० खेलाडीमा सिमित बोस्नियामाथि स्विट्जरल्यान्डको चार गोल « Khabarhub

१० खेलाडीमा सिमित बोस्नियामाथि स्विट्जरल्यान्डको चार गोल

अन्तिम १० मिनेटमा तीन गोल, बोस्निया ४- १ गोल अन्तरले पराजित


५ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जोहान मान्जाम्बीको उत्कृष्ट प्रदर्शन र अन्तिम समयको गोल वर्षाको मद्दतले स्विट्जरल्यान्डले विश्वकप फुटबलअन्तर्गत समूह ‘बी’ को खेलमा बोस्निया एन्ड हर्जगोभिनालाई ४–१ को भारी अन्तरले पराजित गरेको छ । यो जितसँगै स्विट्जरल्यान्ड समूहको शीर्ष स्थानमा उक्लिएको छ ।

लस एन्जलस स्टेडियममा बिहीबार भएको खेलमा स्विट्जरल्यान्डलाई जिताउन मान्जाम्बीले दुई गोल गरे भने रुबेन भारगास र ग्रानिट जाकाले एक–एक गोल थपे । बोस्नियाका लागि एर्मिन माहमिचले सान्त्वना गोल फर्काए ।

खेलको ८० औँ मिनेटमा बोस्नियाका डिफेन्डर तारिक मुहरेमोभिचले स्विट्जरल्यान्डका ब्रेल एम्बोलोलाई लडाएपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए । १० खेलाडीमा सिमित भएपछि बोस्नियाको रक्षापङ्क्ति पूर्ण रूपमा ध्वस्त भएको थियो र स्विट्जरल्यान्डले अन्तिम १० मिनेटमा तीन गोल थप्यो ।

यसअघि कतारसँग १–१ को अप्रत्याशित बराबरी खेलेको स्विट्जरल्यान्डले यो जितसँगै २ खेलबाट ४ अङ्क जोड्दै नकआउट चरणको सम्भावना बलियो बनाएको छ । पराजित बोस्निया भने १ अङ्कमा सिमित छ ।

खेलको लामो समयसम्म बोस्नियाले स्विट्जरल्यान्डलाई रोकेर राखे पनि ७१ औँ मिनेटमा मैदान प्रवेश गरेका मान्जाम्बीले खेलको पासा पल्टाए । उनले मैदान छिरेको केही मिनेटमै उत्कृष्ट भलीमार्फत गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाए ।

त्यसपछि बोस्निया १० खेलाडीमा सिमित भएको फाइदा उठाउँदै खेलको ८६ औँ मिनेटमा भारगासले गोल गरे । ९० औँ मिनेटमा भारगासकै पासमा मान्जाम्बीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३–० को स्थितिमा पुर्‍याए । इन्जुरी समयको थप गरिएको पहिलो मिनेटमा बोस्नियाका माहमिचले एक गोल फर्काए पनि खेलको ९७ औँ मिनेटमा स्विट्जरल्यान्डका कप्तान ग्रानिट जाकाले पेनाल्टीमार्फत गोल गर्दै ४–१ को जित सुनिश्चित गरे ।

समूह ‘बी’ को अर्को खेलमा अब कतार र क्यानडा भिड्नेछन् । स्विट्जरल्यान्डले भने आफ्नो अन्तिम खेलमा कतारको सामना गर्नेछ ।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  ५ : ५९ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर