मेसीका बुबा जर्ज अस्वस्थ, अफवाहको पछि नलाग्न परिवारको आग्रह « Khabarhub

मेसीका बुबा जर्ज अस्वस्थ, अफवाहको पछि नलाग्न परिवारको आग्रह

जर्ज मेसी चिकित्सकको निगरानीमा


५ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वप्रसिद्ध फुटबलर लियोनेल मेसीका बुबा जर्ज मेसी स्वास्थ्य समस्याका कारण अस्पताल भर्ना भएका छन्। खेलकुद पत्रकार फाब्रिजियो रोमानोले सामाजिक सञ्जालमार्फत मेसी परिवारको आधिकारिक वक्तव्य सार्वजनिक गर्दै जर्ज हाल चिकित्सकको निगरानीमा रहेको पुष्टि गरेका हुन्।

मेसी परिवारका अनुसार जर्जको स्वास्थ्य स्थिति अहिले सामान्य र सकारात्मक रूपमा सुधारोन्मुख छ। उनको स्वास्थ्यलाई लिएर सञ्चार माध्यम र सामाजिक सञ्जालमा विभिन्न अफवाह तथा अड्कलबाजी सार्वजनिक भएपछि परिवारले गम्भीर चिन्ता व्यक्त गर्दै स्पष्टीकरण दिएको हो।

“पछिल्ला केही घण्टामा बाहिर आएका हल्ला र अड्कलबाजीप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। एउटा नितान्त व्यक्तिगत र पारिवारिक विषयमा केही व्यक्तिले देखाएको असंवेदनशीलता र सम्मानको कमीप्रति हामी दुःखी छौँ,” वक्तव्यमा भनिएको छ।

परिवारले जर्जको वास्तविक स्वास्थ्य अवस्थाबारे उनको नजिकको परिवारलाई मात्रै सही जानकारी भएको स्पष्ट पारेको छ। त्यसैले परिवार वा आधिकारिक माध्यमबाहेक अन्यत्रबाट आउने कुनै पनि सूचनालाई आधिकारिक र सत्य नमानीदिन पनि आग्रह गरिएको छ।

वक्तव्यमा अगाडि भनिएको छ, “यस्तो संवेदनशील समयमा हामी सबैबाट जिम्मेवारी, संयमता र मानवीयताको अपेक्षा गर्दछौँ। कसैको स्वास्थ्य र परिवारको मानसिक शान्तिलाई सञ्चार माध्यममा अफवाहको विषय बनाइनु हुँदैन।”

मेसी परिवारले जर्जको स्वास्थ्यप्रति चासो र सद्भाव देखाउने सबैलाई धन्यवाद दिँदै यस उपचार प्रक्रियाका दौरान जर्ज र सिङ्गो परिवारको गोपनीयता एवं व्यक्तिगत समयको सम्मान गरिदिन अपिल गरेको छ। जर्जको स्वास्थ्य अवस्थाबारे कुनै नयाँ जानकारी आएमा परिवारले उपयुक्त समयमा आधिकारिक च्यानलमार्फत जानकारी गराउने बताइएको छ।

पत्रकार रोमानोले मेसीका बुबा जर्जको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै लेखेका छन्, “स्टे स्ट्रङ जर्ज, हामी सबै तिम्रो साथमा छौँ।”

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  ७ : ४१ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर