रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने « Khabarhub

रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने


५ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने भएका छन्।

शाह रास्वपाको वरिष्ठ नेताका रूपमा महाधिवेशनमा उपस्थित हुने र सोही जिम्मेवारीमा कायम रहने उनको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार प्रधानमन्त्री शाह महाधिवेशनको उद्‌घाटन सत्रमा सहभागी हुन चितवन जाने कार्यक्रम रहेको छ। उद्घाटनपछि कति समयसम्म महाधिवेशनस्थलमा रहने भन्ने विषय भने अझै टुंगो लागिसकेको छैन।

‘वरिष्ठ नेताज्यू उद्‌घाटन सत्रमा सहभागी हुनुहुन्छ। त्यसपछि कति समय बस्नुहुन्छ भन्ने निश्चित भइसकेको छैन। उद्‌घाटन सत्रमा सहभागी भएर फर्किने कार्यसूची देखिएको छ,’ सचिवालयले जनाएको छ।

महाधिवेशनका क्रममा शाहले सम्बोधन गर्ने विषयमा पनि अन्तिम निर्णय नभए पनि उनले बोल्ने सम्भावना रहेको सचिवालयको भनाइ छ।

चितवनमा असार ७ देखि ९ गतेसम्म सञ्चालन हुने रास्वपाको प्रथम महाधिवेशनमा प्रमुख राजनीतिक दलहरूलाई समेत निमन्त्रणा गरिएको पार्टीले जनाएको छ।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  ९ : १६ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर