ट्राफिक कारबाहीबाट २४ घण्टामा २२ लाखभन्दा बढी राजस्व संकलन « Khabarhub

ट्राफिक कारबाहीबाट २४ घण्टामा २२ लाखभन्दा बढी राजस्व संकलन


५ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने दुई हजार ५५६ चालक कारबाहीमा परेका छन्। उक्त कारबाहीबाट राज्यकोषमा रु २२ लाख ३९ हजार राजस्व दाखिला भएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार कारबाहीमा परेकामध्ये १०६ जना मादक पदार्थ सेवन गरी सवारी चलाउने, १५४ जना नियमविपरीत राइड सेयरिङ गर्ने, १०७ जना ट्राफिक संकेत बत्ती उल्लङ्घन गर्ने तथा १८३ जना तीव्र गतिमा सवारी चलाउने चालक रहेका छन्।

त्यसैगरी लेन अनुशासन पालना नगर्ने ९७, निषेधित क्षेत्रमा हर्न बजाउने १०९, सडक पेटीमा सवारी पार्किङ गर्ने ९८ तथा यान्त्रिक अवस्था ठीक नभएका सवारी सञ्चालन गर्ने ३० जनामाथि पनि कारबाही गरिएको प्रहरीले जनाएको छ।

यसबाहेक अन्य विभिन्न सवारी नियम उल्लङ्घन गर्ने एक हजार ६७२ जनासहित कुल दुई हजार ५५६ चालकलाई कारबाही गरिएको प्रवक्ता सुवेदीले जानकारी दिए ।

ट्राफिक प्रहरीले सडक सुरक्षालाई प्रभावकारी बनाउन तथा सवारी अनुशासन कायम गर्न नियमित अनुगमन र कारबाहीलाई निरन्तरता दिइरहेको जनाएको छ।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  १० : ३२ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर