इजरायललाई ठूलो झट्का, हिजबुल्लाहको आक्रमणमा मारिए लेफ्टिनेन्ट कर्नेल « Khabarhub

इजरायललाई ठूलो झट्का, हिजबुल्लाहको आक्रमणमा मारिए लेफ्टिनेन्ट कर्नेल


५ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

बेरूत- दक्षिणी लेबनानमा हिजबुल्लाहको एक आक्रमणमा ट्यांक बटालियन कमान्डरसहित चारजना इजरायली सैनिकको मृत्यु भएको छ ।

इजरायली सेनाले (आईडीएफ) आइतबार उक्त कुराको पुष्टि गरेको छ। टाइम्स अफ इजरायलका अनुसार मृत्यु भएकामा एकजना उच्च सैन्य अधिकारी लेफ्टिनेन्ट कर्नेल डोर गेडालिया बेन सिम्होन पनि छन्।

उनी ३२ वर्षको उमेरमा मारिएका हुन् । इजरायलको ४०१ औं आर्मर्ड ब्रिगेडको ५२ औं बटालियनका कमान्डरका रुपमाा कार्यरत उनी मारिएपछि इजरायललाई ठूलो झट्का लागेको छ।

यो घटना शुक्रबार दक्षिणी लेबनानको कफर तेबनित गाउँमा भएको हो। प्रारम्भिक जानकारीअनुसार बटालियन कमान्डरको ट्यांकलाई शंकास्पद ड्रोन वा एन्टी-ट्यांक मिसाइलले निशाना बनाएको थियो।

आक्रमणमा ट्यांकमा सवार चारैजना सैनिकको मृत्यु भएको छ। यद्यपि विस्फोटको सही कारण पत्ता लगाउन आईडीएफले अझै अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  १ : १८ बजे

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र