राजावादीमा निरन्तर फुट : तीन पूर्वअध्यक्षसहितले बहिष्कार गरे राप्रपा केन्द्रीय समिति बैठक « Khabarhub

राजावादीमा निरन्तर फुट : तीन पूर्वअध्यक्षसहितले बहिष्कार गरे राप्रपा केन्द्रीय समिति बैठक


५ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धवल शमशेर जबरा नयाँ पार्टी खोल्न गएयता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा देखिएको कलह थामिएको छ।

अध्यक्ष राजेन्द्र लिङ्देनसँग असन्तुष्टि उनले पार्टी छाडेर दुर्गा प्रसाईंसँग गला मिलएका छन् । गत फागुन २१ को चुनावमा निराशाजनक नतिजापछि वरिष्ठ नेता रवीन्द्र मिश्र पनि राजनीतिबाट अलग भएर बसेका छन्।

यस्तोमा शुक्रबार काठमाडौंमा बसेको राप्रपा केन्द्रीय समिति बैठकलाई तीनजना पूर्वअध्यक्षसहितका नेताले बहिष्कार गरेका छन् ।

धुम्बाराहीस्थित सूर्य क्याटरिङमा बसिरहेको यस बैठकमा पार्टीको एउटा पंक्तिका नेताहरू उपस्थित छैनन् । उनीहरूले बैठक बहिष्कार गरेपछि राप्रपाको कलह झन् छरपस्ट भएको हो ।

पूर्वअध्यक्षत्रय पशुपति शमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापासहित उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री कुन्ति शाहीले बैठक बहिष्का गरेका हुन्।

उता कार्यसम्पादन समिति सदस्य अर्जुन राई, हरिबहादुर बस्नेत, सहायक प्रवक्ता प्रवीण थोकर, सहायक महामन्त्री प्रेमबहादुर रैयार, सहायक महामन्त्री ऋषि देवकोटा, सह-महामन्त्री रीना गुरुङलगायत केन्द्रीय सदस्यहरू लगायतले बैठक बहिष्कार गरेका हुन् ।

उनीहरूले केन्द्रीय समिति सदस्यहरूबाहेक अरू व्यक्तिलाई पनि बैठकमा सहभागी गराइएको भन्दै बहिष्कार गर्नुपरेको बताएका छन्।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  २ : ०७ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर