राजावादीमा निरन्तर फुट : तीन पूर्वअध्यक्षसहितले बहिष्कार गरे राप्रपा केन्द्रीय समिति बैठक « Khabarhub

राजावादीमा निरन्तर फुट : तीन पूर्वअध्यक्षसहितले बहिष्कार गरे राप्रपा केन्द्रीय समिति बैठक


५ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धवल शमशेर जबरा नयाँ पार्टी खोल्न गएयता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा देखिएको कलह थामिएको छ।

अध्यक्ष राजेन्द्र लिङ्देनसँग असन्तुष्टि उनले पार्टी छाडेर दुर्गा प्रसाईंसँग गला मिलएका छन् । गत फागुन २१ को चुनावमा निराशाजनक नतिजापछि वरिष्ठ नेता रवीन्द्र मिश्र पनि राजनीतिबाट अलग भएर बसेका छन्।

यस्तोमा शुक्रबार काठमाडौंमा बसेको राप्रपा केन्द्रीय समिति बैठकलाई तीनजना पूर्वअध्यक्षसहितका नेताले बहिष्कार गरेका छन् ।

धुम्बाराहीस्थित सूर्य क्याटरिङमा बसिरहेको यस बैठकमा पार्टीको एउटा पंक्तिका नेताहरू उपस्थित छैनन् । उनीहरूले बैठक बहिष्कार गरेपछि राप्रपाको कलह झन् छरपस्ट भएको हो ।

पूर्वअध्यक्षत्रय पशुपति शमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापासहित उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री कुन्ति शाहीले बैठक बहिष्का गरेका हुन्।

उता कार्यसम्पादन समिति सदस्य अर्जुन राई, हरिबहादुर बस्नेत, सहायक प्रवक्ता प्रवीण थोकर, सहायक महामन्त्री प्रेमबहादुर रैयार, सहायक महामन्त्री ऋषि देवकोटा, सह-महामन्त्री रीना गुरुङलगायत केन्द्रीय सदस्यहरू लगायतले बैठक बहिष्कार गरेका हुन् ।

उनीहरूले केन्द्रीय समिति सदस्यहरूबाहेक अरू व्यक्तिलाई पनि बैठकमा सहभागी गराइएको भन्दै बहिष्कार गर्नुपरेको बताएका छन्।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  २ : ०७ बजे

५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन

दाङ– यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२-८३ मा ५८

रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

त्रिशूली– नुवाकोटको टोखा–छहरे सडकखण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो, ११ मृत सैनिकका परिवारलाई बीमा रकम प्रदान

काठमाडौं- भारतको ८०औँ स्वतन्त्रता दिवस शनिबार काठमाडौंस्थित भारतीय राजदूतावासमा विभिन्न कार्यक्रम

विशेष महाधिवेशन पक्षधरलाई साउदको जवाफ, ‘अदालतले वैधता देला, राजनीतिक एकता दिन सक्दैन’

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले इतर समूहको राष्ट्रिय भेलामा

नाइजेरियामा समुदायबीचको झडपमा २० जनाभन्दा बढीको मृत्यु

अबुजा- मध्य नाइजेरियाको नाइजर राज्यमा प्रतिद्वन्द्वी काम्बारी र फुलानी समुदायबीच भएको