परिवारसँग भेट भएन ? यो दिशामा घडी राख्नुहोस् « Khabarhub

परिवारसँग भेट भएन ? यो दिशामा घडी राख्नुहोस्


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

समय हेर्ने सबैभन्दा भरपर्दाे माध्यम भनेको घडी नै हो । अन्यथा टेलिभिजन, रेडियो वा अन्य माध्यमबाट समय थाहा पाउन सकिन्छ ।

तर समयको तथ्यांक बताउने घडी सही दिशामा भएन भने यसले हानी गर्छ । अर्थात समय हेर्नको लागि मात्र घडी राखिएको छ, तर यसको सही दिशामा राखिएको छैन भने वास्तु अनुसार हानी समेत हुनसक्छ ।

अर्थात घरमा राखिएको घडीले हाम्रो भाग्यको बारेमा धेरै कुरा बताउँछन् । हामी शास्त्रअनुसार केही टिप्सहरु दिँदैछौँ, जसले कुन दिशामा कस्तो घडी राख्ने भन्ने जानकारी दिन्छ ।

१. परिवारको तस्बिर भएको घडी

पारिवारिक रुपमा माया, सद्भाव र आत्मियता पैदा गर्न परिवारको तस्बिर भएको घडी राख्नुपर्छ । जसका लागि घरमा घडी भित्रको फ्रेममा परिवारको संयुक्त तस्बिर भएको राख्नुपर्छ । यसले आपसी सम्बन्धमा सदैव प्रेम बनाइ राख्छ ।

२. विदेश यात्राको लागि

विदेश यात्रामा जान चाहने मानिसले घरको उत्तर–पश्चिम दिशामा घडी राख्नुपर्छ । यस्ता घडीहरु आकारमा गोलाकार हुनुपर्छ । सकेसम्म घ्यू रंगको हुनुपर्छ ।

३. ग्ल्यामर क्षेत्रको लागि

ग्ल्यामर क्षेत्रमा आउन चाहने अर्थात कलाकार हुन चाहने मानिसले घरको दक्षिण दिशामा त्रिकोणात्मक आकारको घडी राख्नुपर्छ । घडीको फ्रेम काठको हुनुपर्छ । यस्तो घडी ग्ल्यामर बाहेक रचनात्मक काम तर्फ इच्छुक ब्यक्तिका लागि पनि फाइदाजनक हुन्छ ।

३. बन्द भएको घडी

ब्याट्री सकिएका घडी जतिसक्दो चाडो नयाँ ब्याट्री हालेर चलाउनु पर्छ । नत्र बन्द घडीले घरमा राहु काललाई निम्त्याउने गर्दछ । त्यसैले जतिसक्दो चाडो बन्द घडीको ब्याट्री छिट्टै परिवर्तन गर्नुपर्छ । बन्द भएको घडी घरमा राख्दा नकारात्मक शक्ति आउने गर्दछ ।

४. आखाँको अगाडि

घरमा राखिने घडी जहिल्यै आँखाकै सामुन्नेमा हुनुपर्दछ । आँखा अगाडि परिरहने घडीले मानिसलाई समयका बारेमा सही जानकारी दिनुका साथै समयको मूल्यबारे समेत चनाखो बनाउँछ ।

५. समस्या हटाउन अण्डाकार घडी

घरमा राख्नका लागि सबैभन्दा उत्तम घडी भनेको अण्डाकार घडी हो । यस्तो घडी घरको पश्चिम दिशामा राख्नुपर्छ । अण्डाकार घडीले घरमा भएको थुप्रै वास्तुका दोषहरु हटाउन मद्दत गर्छ । वास्तुशास्त्र अनुसार अण्डाकार आकारका घडीले मानिसलाई नयाँ बाटो पहिल्याउन मद्दत गर्छ ।

६. निलो रङको घडी

व्यापार, नोकरी वा अध्ययनमा उन्नति भइरहेको छैन भने घरको उत्तर दिशामा निलो रङको घडी राख्नुपर्छ । यसले धन, सम्पत्तिसँगै शिक्षाको विकास गर्न मद्दत गर्छ ।

७. परिवारको लागि यस्तो घडी

यदि विभिन्न कारणले घर–परिवारसँग समय बिताउँन पाइरहनुभएको छैन भने घरको पूर्व–पश्चिम दिशामा घडी राख्नुहोस् । यसले छिट्टै परिवारसँग भेट्ने समय मिलाउँछ । तर, ध्यान दिनुहोस्, उक्त घडी बन्द हुन हुँदैन ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ४ : १० बजे

इरान आक्रमणका लागि अमेरिकी राष्ट्रपतिको निर्देशन र कारबाहीको थालनी र लक्ष्य

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इजरायलको संयुक्त कारबाहीका

प्रतिनिधिसभा निर्वाचन : वीर अस्पतालमा द्रुत कार्यदल गठन

काठमाडौं– चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल)ले यही फागुन २१ गते

पत्रकार विराट अनुपमको पुस्तक ‘पहिलो आमनिर्वाचन २०१५’ सार्वजनिक

काठमाडौं– पत्रकार विराट अनुपमद्वारा लिखित ‘पहिलो आमनिर्वाचन २०१५’ मंगलबार राजधानीमा

राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाताले आफ्नो मतदाता परिचयपत्र

द्वन्द्व चर्किँदै जाँदा व्यापारिक जहाजका लागि खाडीको जलक्षेत्र असुरक्षित बन्दै

काठमाडौं- अमेरिका र इजरायल मिलेर हमला गरेपछि इरानले पनि जवाफी