नेपालगञ्जमा भेडा जुधाउने मेला | Khabarhub Khabarhub

नेपालगञ्जमा भेडा जुधाउने मेला


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– नेपालगञ्ज उपमहानगरपालिका–१९ वसुदेवपुरका घनश्याम बारी गाउँबाट तीन वटा भेडा लिएर गुरुवागाउँ मेला पुगे ।

बाँकेको जानकी गाउँपालिका–५ बेलहरीमा प्रत्येक वर्ष लाग्ने मेलामा नियमित ३० वर्षदेखि भेडा जुधाउन आउने गरेका घनश्याम यो वर्ष आफ्नो भेडाले लडाइँ जित्नेमा आशावादी देखिन्छन् ।

“लडाइँ जितेपछि सयको पाँच सयका दरले तुरुन्तै मूल्य बढिहाल्छ”, गुरुवागाउँ मेलामा भेडासहित भेटिएका घनश्यामले भने “सानोले आफूभन्दा ठूलालाई हान्न लाग्यो भने रु १० हजार छ भने त्यसको मूल्य रु २५/३० हजार भइहाल्छ ।”

डुडुवा गाउँपालिका–४ बाट भेडा जुधाउन आएका दौलतप्रसाद यादवले भेडा लडाउने खेल सोखका लागि हुने गरेको बताउँछन् । “भेडा लडाउने हाम्रो सोख हो, पाल्ने, लडाउने, हारेपछि बगरेलाई दिने”, यादवले भने “लाडकु भेडा पाल्न धेरै मेहनत र खर्च लाग्ने भएकाले सबैले गर्न सक्दैनन्, मेलामा लडाउनका लागि मात्रै पाल्ने हो ।”

उनका अनुसार दुई वर्षभन्दा बढी समयसम्म पालेर लडाकु बनाइएका भेडालाई गुरुवागाउँ मेलामा लडाउन ल्याउने गरिएको छ । एउटा लडाकु भेडाको मूल्य कम्तीमा रु २० हजार पर्दछ ।

भेडा जुधाउने खेल यहाँका गाउँलेको सोख बनिसकेको छ । मेला सकिएपछि भेडाको जितसँगै भेडा पाल्ने किसानको नाम र गाउँको चर्चा चल्ने भएकाले ऋण गरेर भए पनि भेडालाई दानापानी खुवाएर मेलामा उतार्ने गरिएको जानकी गाउँपालिका–५ का वडाध्यक्ष एवं गुरुवागाउँ मेलाका संरक्षक रमेशकुमार बर्माको भनाइ छ ।

मेलामा भेडापालक किसान स्वःस्फूर्त रूपमा भेडा ल्याएर जुधाउने गरेको बर्मा बताउँछन् । केही सौखिन किसानले मेलामा जुधाउनैका लागि भेडा पाल्ने गरे पनि व्यावसायिकरूपमा भेडा पाल्ने किसान भने नरहेको उनले बताए ।

भेडा जुधाउने किसानको सङ्ख्या घट्दो

गुरुवागाउँ मेलामा भेडा जुधाउने किसानको सङ्ख्या घट्दै गएको छ । “२०–२२ पुग्ला भनेको त्यो पनि भएन, यो वर्ष धेरै रमाइलो हुन सकेन”, छिमेकी गाउँ गनापुरबाट भेडो लिएर गुरुवागाउँ पुगेका परशु धोबीले भने, “भेडा पाल्न सबैले छोडिसके, हामी त यही मेलाका लागि भनेर मात्रै मेहनत गर्दछौँ ।”

गुरुवागाउँ मेलामा प्रत्येक वर्ष हुने भेडा जुधाइ खेल हेर्न सर्वसाधारण टाढाटाढाबाट आउने गर्दछन् । गुरुवागाउँ मेलाको मुख्य विशेषता नै भेडा जुधाउने खेल हो । तर यो वर्ष कम सहभागिताले भेडा जुधाइ हेर्न आएका सर्वसाधारणसमेत खिन्न हुनपुगे ।

धेरै वर्षदेखि गुरुवागाउँ मेला हेर्दै आएका खजूरा गाउँपालिका–३ निवासी सुमन सापकोटाले यो वर्ष भेडा जुधाइ हेर्न नपाएकोमा पछुतो लागेको बताए । “म साँझपख पुगेँ, भेडा जुधाइ दिउँसै भएछ, मैले हेर्नै पाइनँ”, सापकोटाले भने ।

अन्य वर्षको तुलनामा यसपटक गुरुवागाउँको मेलामा भेडा जुधाउन थोरै मात्रै आएको मेला व्यवस्थापन समितिका अध्यक्ष रामवचन कुर्मीले बताए । मेला शुरु भएदेखिनै भेडा जुधाउने खेल हुँदैआएको उनको भनाइ थियो ।

गुरुवागाउँका ९२ वर्षीय भगौतीप्रसाद अहिरले आफ्नो बाबुबाजेका पालादेखिनै यो मेला र भेडा जुधाउने खेल हुँदै आएको बताउँछन् । “पहिला मेलामा अरु मनोरञ्ज गर्ने केही हुँदैनथ्यो, त्यसैले भेडा जुधाउने खेल धेरै रमाइलो हुन्थ्यो”, अहिरले भने “तर अहिले भेडा लडाउने खेलमा रमाउने मान्छे कम हुँदै गएको छ ।”

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ४ : ०० बजे

भूमि समस्या आयोगको ढाँचामा निवेदन फारम बुझाउन मातहतका निकायलाई कांग्रेसको आग्रह

काठमाडौं– नेपाली कांग्रेसले जिल्ला कार्यसमितिहरूलाई भूमि समस्या समाधान आयोगले तोकेको

रुपन्देही जिल्ला अदालतको आदेशविरूद्ध उच्च पुगे रवि, बैंक जमानतमा रिहा गर्न माग

काठमाडौँ- जिल्ला अदालत रुपन्देहीले बैंक जमानतमा रिहा गर्न अस्वीकार गरेपछि

उत्पादनमा आधारित अनुदानले बेनीका किसान उत्साही

म्याग्दी– म्याग्दीको बेनी नगरपालिकाले उत्पादनमा आधारित अनुदान दिन थालेपछि किसानहरू

वामदेवको दिक्दारी : युवराज सफलले समेत मलाई पार्टीबाट निकालिदिए

काठमाडौँ- नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता वामदेव गौतमले कुनै

जङ्गली हात्तीको आक्रमणबाट एउटा घरमा क्षति

कञ्चनपुर–  कृष्णपुर नगरपालिका-१ दोमिल्लास्थित पुतलीबजार टोलमा गएराति जङ्गली हात्तीको आक्रमणबाट