जर्मनी र आइभरी कोस्ट शीर्ष स्थानका लागि भिड्दै, इक्वेडरलाई जितको दबाब « Khabarhub

जर्मनी र आइभरी कोस्ट शीर्ष स्थानका लागि भिड्दै, इक्वेडरलाई जितको दबाब


५ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वकप फुटलबमा समूह ‘इ’ अन्तर्गत शनिबार हुने दोस्रो चरणका खेलमा जर्मनी र आइभरी कोस्ट शीर्ष स्थानका लागि आमनेसामने हुँदैछन्।

यो खेल नेपाली समयअनुसार मध्यराति १ः४५ बजे टोरन्टोस्थित बिएमओ फिल्डमा हुनेछ। जर्मनी युरोप र आइभरी कोस्ट अफ्रिकाका बलिया टोली हुन् । दुवै टोलीले आफ्नो विश्वकप अभियान जितबाट सुरु गरेका छन्।

जर्मनीले पहिलो खेलमा कुराकाओलाई ७–१ ले पराजित गर्दै प्रतियोगिताकै सबैभन्दा प्रभावशाली प्रदर्शन गरेको थियो। ज

र्मनीका लागि फिलिक्स एनमेचा, निको श्लोटरबेक, जमाल मुसियाला, नाथानियल ब्राउन, डेनिज उन्डाभ र काय हाभर्ट्जले गोल गरेका थिए।

उक्त जितसँगै जर्मनीले विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने टोलीको कीर्तिमान पनि आफ्नो नाममा लेखाएको छ। जर्मनीको विश्वकप गोल संख्या २३९ पुगेको छ, जुन ब्राजिलभन्दा एक गोल बढी हो।

यता, आइभरी कोस्टले इक्वेडरलाई १–० ले हराउँदै प्रतियोगितामा सुखद सुरुआत गरेको थियो। निर्धारित समयको अन्तिम मिनेटमा वैकल्पिक खेलाडी अमाद डियालोले निर्णायक गोल गर्दै टोलीलाई महत्वपूर्ण तीन अंक दिलाएका थिए।

लगातार चार खेलमा जित निकालिरहेको आइभरी कोस्ट आत्मविश्वासका साथ मैदान उत्रिनेछ। विश्वकपअघि फ्रान्समाथिको मैत्रीपूर्ण जितले पनि टोलीको मनोबल उच्च बनाएको छ। यद्यपि विश्वकपमा युरोपेली टोलीविरुद्ध आइभरी कोस्टको इतिहास भने कमजोर छ।

त्यसैगरी आइतबार बिहान ५ः४५ बजे हुने अर्को खेलमा इक्वेडरले प्रतियोगितामा पहिलोपटक सहभागी भएको कुराकाओसँग प्रतिस्पर्धा गर्नेछ। नकआउट चरण पुग्ने सम्भावना कायम राख्न इक्वेडरलाई जित अनिवार्य छ।

पहिलो खेलमा आइभरी कोस्टसँग पराजित हुँदै इक्वेडरको १९ खेल लामो अपराजित यात्रा समाप्त भएको थियो। यद्यपि टोलीले खेलमा पर्याप्त अवसर सिर्जना गरे पनि त्यसलाई गोलमा परिणत गर्न सकेको थिएन।

कुराकाओले जर्मनीसँग ७–१ को फराकिलो हार बेहोरे पनि डेब्यु विश्वकप खेलमा केही सकारात्मक संकेत देखाएको थियो। लिभानो कोमेनेन्सियाले विश्वकपमा कुराकाओका लागि ऐतिहासिक पहिलो गोल गरेका थिए।

समूहको अवस्था हेर्दा जर्मनी र आइभरी कोस्ट शीर्ष स्थान सुरक्षित गर्ने लक्ष्यमा छन् भने इक्वेडर र कुराकाओ नकआउट चरणको सम्भावना जीवित राख्न संघर्षरत छन्।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  ६ : ३३ बजे

बाजुरामा पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो

बाजुरा- गौमुल गाउँपालिका–३ कटीगाउँमा पहिरोले दुई घर पूर्ण रूपमा क्षति पुर्‍याएपछि

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न

एघार महिनामा पाकेको गहुँ साइत जुराएर काट्छन् चुमभ्यालीका किसान

गोरखा– एघार महिनामा फलेको गहुँ भित्र्याउन चुमभ्यालीका किसानलाई यतिबेला भ्याइनभ्याइ

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, के-के छन् एजेण्डा ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ।

व्यापारिक साझेदारलाई नै निशाना बनाउने ट्रम्पको चेतावनी : दबाबमा इरान ?

वासिङ्टन – इरानविरुद्ध द्रुत विजय हासिल गर्ने दाबी गरेको झन्डै