चोरीको गाडी प्रयोग गरी चोरी गर्दागर्दै पक्राउ « Khabarhub

चोरीको गाडी प्रयोग गरी चोरी गर्दागर्दै पक्राउ


५ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । सर्लाही जिल्लाको बरहथवा नगरपालिका–३ स्थित प्रतिटोलमा चोरीको गाडी प्रयोग गरी चोरी गर्दै गरेको अवस्थामा एक व्यक्ति पक्राउ परेका छन्।

शुक्रबार बिहान करिब ४ बजे विजय यादवको घरबाट मोबाइल फोन र नगद चोरी गरी नजिकै रहेको मनोज सहनीको घरमा चोरी गर्न लागेको अवस्थामा घरधनीकी श्रीमतीले देखेपछि होहल्ला गरेकी थिइन्।

पक्राउ पर्नेमा सर्लाहीकै बागमती नगरपालिका–६ बस्ने १८ वर्षीय जुमुन मियाँ रहेका प्रहरीले जनाएको छ।

उनको साथबाट मधेस प्रदेश ०४–००१ च ०३६७ नम्बरको पिकअप गाडी समेत बरामद भएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा उक्त पिकअप मिति २०८३ जेठ १९ गते इलाका प्रहरी कार्यालय हरिवनको क्षेत्रबाट हराएको तथ्य खुलेको छ भने गाडीसँग मेल खाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  ९ : ३५ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर