रातो मच्छिन्द्रनाथको भोटो प्रदर्शनीमा ड्रोन उडाउन कडाइ « Khabarhub

रातो मच्छिन्द्रनाथको भोटो प्रदर्शनीमा ड्रोन उडाउन कडाइ


५ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले आफ्नो अनुमति बिना ड्रोन उडाउन नपाइने भन्दै सर्वसाधारणलाई सचेत गराएको छ। प्रशासनले एक सूचना जारी गर्दै सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै तोकिएको समय र क्षेत्रमा ड्रोन उडाउन पूर्ण प्रतिबन्ध लगाइएको जनाएको हो।

कार्यालयका अनुसार ललितपुर महानगरपालिका–४, जावलाखेल क्षेत्रमा रातो मच्छिन्द्रनाथको भोटो देखाउने कार्यक्रम हुने भएकाले सो अवसरमा विशेष सुरक्षा व्यवस्था मिलाइएको छ। उक्त कार्यक्रम हुने दिन बिहान ५ बजेदेखि बेलुका ७ बजेसम्म कुनै पनि व्यक्तिले मानव रहित हवाई उपकरण (ड्रोन) प्रयोग गर्न नपाइने स्पष्ट गरिएको छ।

प्रशासनले यस अवधिमा अनुमति बिना ड्रोन उडाएको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गरिने चेतावनी दिएको छ। साथै, कार्यक्रमको सुरक्षालाई प्रभाव पार्न सक्ने कुनै पनि गतिविधि नगर्न सबैलाई आग्रह गरिएको छ।

जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित सबै पक्षलाई नियमको पालना गर्न र सुरक्षा व्यवस्थामा सहयोग गर्न अपिल गरेको छ।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  १० : ०१ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर