मुस्ताङबाट गाडी भित्रिँदा भेटिएन समस्या, रसुवातिर भने कैफियत « Khabarhub

मुस्ताङबाट गाडी भित्रिँदा भेटिएन समस्या, रसुवातिर भने कैफियत


५ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत भएको र रसुवाका भित्रिएका सवारीसाधनको जाँचपास प्रक्रियामा भने कैफियत भेटिएको छ।

भन्सार विभागद्वारा आज जारी विज्ञप्तिमा मुस्ताङ भन्सार कार्यालयमा खटिएको अनुगमन टोलीले ६४९ वटा विद्युतीय सवारीसाधन नियमसंगत भित्रिएको प्रतिवेदन दिएको जनाएको छ। ती सवारीसाधन गत जेठ १४ गते नेपाल प्रवेश गरेको थियो।

अनुगमन टोलीले आधिकारिक अभिलेख तथा सिसीटीभी फुटेजको विस्तृत अध्ययन एवं विश्लेषण गर्दा ती सवारीसाधन जेठ १४ गतेभित्रै नेपाल प्रवेश गरिसकेको र सोही मितिसम्म भन्सार कार्यालयबाट नियमानुसार जाँचपास भइसकेको निष्कर्ष निकालेको विभागका सूचना अधिकारी किशोर बर्तौलाले जानकारी दिए।

त्यस्तै रसुवा भन्सार कार्यालयबाट विद्युतीय सवारीसाधनको भन्सार जाँचपास गर्ने क्रममा कर्मचारीबाट पर्याप्त सावधानी तथा पदीय जिम्मेवारी पूरा गरेको नदेखिएको सो कार्यालयमा गएको अनुगमन टोलीले औँल्याएको छ। उक्त टोलीले प्रज्ञापनपत्र कार्यालयको अभिलेखलगायतका विषयमा स्थलगत अध्ययन गर्दा कतिपय सवारीसाधन भन्सारमा भौतिक रूपमा आई नपुग्दै कागजातका आधारमा मात्र जाँचपास गरिएको कैफियत फेला पारेको छ।

अर्थ मन्त्रालय र भन्सार विभागले रसुवा भन्सार कार्यालयका कार्यमा संलग्न तत्कालीन कार्यालय प्रमुखसहित १३ जना कर्मचारीलाई तत्काल निलम्बन गरी विभागीय कारबाहीको प्रक्रिया अघि बढाइएको थियो।

भन्सार विभागले लक्ष्मी इमोबिलिटी प्रालि काठमाडौँ, साइमेक्स इन्क लिमिटेड, काठमाडौँ, सिजी मोटर्स प्रालि ललितपुर, पूजा इन्टरनेसनल प्रालि काठमाडौँ र एजेन्ट नम्बर ८३३ र एजेन्ट नम्बर ४७८ लगायतका भन्सार जाँचपास प्रतिनिधिहरूलाई प्रचलित भन्सार कानुनबमोजिम कारबाहीका लागि रसुवा भन्सार कार्यालयमा लेखी पठाइएको बताइएको छ।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  १० : ५१ बजे

आर्थिक संकट र अमेरिकी घेराबन्दीबीच इरानमा इन्धनको मूल्य बढाउने तयारी

तेहरान – अमेरिकी प्रतिबन्ध र निरन्तरको युद्धका कारण थलिएको अर्थतन्त्रलाई

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ ८ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ ८ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ८ गते सोमबार सन् २०२६

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी