बाबुरामले भने- ७२ वर्षको भए सधैँ २७ वर्षको जस्तो अनुभूति भयो  « Khabarhub

बाबुरामले भने- ७२ वर्षको भए सधैँ २७ वर्षको जस्तो अनुभूति भयो 


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

चितवन– पुर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सम्बोधन गर्दै आफू ७२ वर्षको भए पनि युवा पुस्ताको ऊर्जा देख्दा २७ वर्षको जस्तो अनुभूति भएको बताएका छन् ।

महाधिवेशनमा बोल्दै उनले भने, ‘म ७२ वर्ष लागेँ, तर यो महाधिवेशन स्थल र मञ्चमा सबै साथीहरूलाई देख्दा म २७ वर्षको छु कि जस्तो लाग्यो।’

आफूलाई निरन्तर विद्रोहीका रूपमा चित्रण गर्दै भट्टराईले नयाँ राजनीतिक शक्तिहरूले नेपाली राजनीतिमा परिवर्तनको सम्भावना बोकेको बताए । उनले रास्वपाले छोटो समयमै हासिल गरेको सफलतालाई नेपाली राजनीतिक रूपान्तरणको महत्वपूर्ण कडीका रूपमा व्याख्या गरे ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीले चार वर्षभित्रै जनताको मन जितेर, आधुनिक प्रविधि र विज्ञानको प्रयोगमार्फत जनप्रतिनिधि निर्वाचित गराएर उल्लेखनीय उपलब्धि हासिल गरेको छ,’ उनले भने ।

उनले आन्दोलन र संघर्षबाट मात्रै होइन, जनविश्वास जितेर पनि राजनीतिक परिवर्तन सम्भव हुने उदाहरण रास्वपाले प्रस्तुत गरेको उल्लेख गर्दै यसलाई नेपाली क्रान्तिको एक महत्वपूर्ण कडीका रूपमा लिनुपर्ने धारणा राखे ।

भट्टराईले कार्यक्रममा उपस्थित सहभागीहरू बालेन्द्र शाह र रवि लामिछानेको सम्बोधन सुन्न उत्सुक रहेको भन्दै आफ्नो मन्तव्य छोटो राखेका थिए ।

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  ५ : २७ बजे

पाकिस्तानका हुसेनले तलतले कर्णाली याक्सबाट एनपिएल खेल्ने

काठमाडौँ- पाकिस्तानका अलराउन्डर हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल) को

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म