बाबुरामले भने- ७२ वर्षको भए सधैँ २७ वर्षको जस्तो अनुभूति भयो  « Khabarhub

बाबुरामले भने- ७२ वर्षको भए सधैँ २७ वर्षको जस्तो अनुभूति भयो 


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

चितवन– पुर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सम्बोधन गर्दै आफू ७२ वर्षको भए पनि युवा पुस्ताको ऊर्जा देख्दा २७ वर्षको जस्तो अनुभूति भएको बताएका छन् ।

महाधिवेशनमा बोल्दै उनले भने, ‘म ७२ वर्ष लागेँ, तर यो महाधिवेशन स्थल र मञ्चमा सबै साथीहरूलाई देख्दा म २७ वर्षको छु कि जस्तो लाग्यो।’

आफूलाई निरन्तर विद्रोहीका रूपमा चित्रण गर्दै भट्टराईले नयाँ राजनीतिक शक्तिहरूले नेपाली राजनीतिमा परिवर्तनको सम्भावना बोकेको बताए । उनले रास्वपाले छोटो समयमै हासिल गरेको सफलतालाई नेपाली राजनीतिक रूपान्तरणको महत्वपूर्ण कडीका रूपमा व्याख्या गरे ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीले चार वर्षभित्रै जनताको मन जितेर, आधुनिक प्रविधि र विज्ञानको प्रयोगमार्फत जनप्रतिनिधि निर्वाचित गराएर उल्लेखनीय उपलब्धि हासिल गरेको छ,’ उनले भने ।

उनले आन्दोलन र संघर्षबाट मात्रै होइन, जनविश्वास जितेर पनि राजनीतिक परिवर्तन सम्भव हुने उदाहरण रास्वपाले प्रस्तुत गरेको उल्लेख गर्दै यसलाई नेपाली क्रान्तिको एक महत्वपूर्ण कडीका रूपमा लिनुपर्ने धारणा राखे ।

भट्टराईले कार्यक्रममा उपस्थित सहभागीहरू बालेन्द्र शाह र रवि लामिछानेको सम्बोधन सुन्न उत्सुक रहेको भन्दै आफ्नो मन्तव्य छोटो राखेका थिए ।

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  ५ : २७ बजे

भोटेकोशी बाढी : १५ देशका १८७ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

त्रिशूली–३ए सुरुङ उद्धारमा महत्वपूर्ण प्रगति, हावा पठाउन सुरु

काठमाडौं – त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धार कार्यमा महत्वपूर्ण

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

भारतीय नागरिकद्वारा नेपाली सेनाको प्रशंसा, उद्धारका लागि जयशंकरले दिए धन्यवाद

काठमाडौं– नेपालमा आएको विनाशकारी बाढीपछि उद्धार तथा राहत कार्यमा नेपाली

तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव भेटिए

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि तनहुँस्थित त्रिशूली नदीमा