कांग्रेस-एमालेलाई शक्तिशालीको संज्ञा दिँदै रविले भने : दुवै दलका अप्ठ्यारा नमिले देशलाई समस्या पर्छ « Khabarhub

कांग्रेस-एमालेलाई शक्तिशालीको संज्ञा दिँदै रविले भने : दुवै दलका अप्ठ्यारा नमिले देशलाई समस्या पर्छ


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पछिल्लो समय नेपाली कांग्रेस र नेकपा एमालेमा देखिएको विवाद मिल्नुपर्ने बताएका छन्।

आइतबार पार्टीको पहिलो महाधिवेशनलाई चितवनको भरतपुरमा सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।

कांग्रेस र एमालेलाई शक्तिशाली दल भन्दै उनीहरूभित्र देखिएका अप्ठ्यारा मिल्नुपर्ने बताएका छन् ।

‘राष्ट्रिय राजनीतिमा आफ्नो मात्रै होइन, अरू सबै दल पनि ठिक हुनुपर्छ । अहिले देशका दुई शक्तिशाली दलमा समस्या देखिएका छन् । अप्ठ्यारा देखिएका छन्’, उनले भने, ‘कांग्रेस र एमालेभित्र कहीँ न कहीँ अप्ठ्यारा देखिएका छन् । दुवै दलका शीर्ष नेताहरूले आफ्नोभित्रका अप्ठ्यारा मिलाउनु होला ।’

उनले कांग्रेस र एमालेभत्रिका समस्या नमिल्दा देशलाई अगाडि लैजान समस्या हुने बताए । ‘आफ्नो मात्रै होइन, अन्य दलका अप्ठ्यारा पनि मिले भने देश अगाडि जान्छ’, उनले भने, ‘उहाँहरू मिलेको देख्न पाइयोस्। विवादहरू मिलुन्, अप्ठ्यारा चाँडै हटून् ।’

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  ६ : ०० बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का