मदन भण्डारीले फरक मत राख्नेलाई कहिल्यै दलाल भन्नुभएन: योगेश भट्टराई « Khabarhub

मदन भण्डारीले फरक मत राख्नेलाई कहिल्यै दलाल भन्नुभएन: योगेश भट्टराई

'एमालेमा निषेधकारी व्यवहारको अन्त्य र पार्टी पुनर्गठन आवश्यक'


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले एमालेका तत्कालीन महासचिव मदन भण्डारीको शैली स्मरण गर्दै राजनीतिक बहसलाई तथ्य र तर्कमा आधारित बनाउन आग्रह गरे । विगतमा मनमोहन अधिकारी र सीपी मैनाली लगायतका नेताले फरक विचार राख्दा पनि मदन भण्डारीले उनीहरूलाई दलाल वा एजेन्ट नभनी सम्मानजनक स्थान दिएर सहकार्य गरेको उदाहरण उनले प्रस्तुत गरे ।

“हामी जबजवादी (जनताको बहुदलीय जनवाद) र मदन भण्डारीका उत्तराधिकारी हौँ,” भट्टराईले भनेका छन्, “समय अनुकूल पार्टी पुनर्गठन हुने नै छ, जहाँ सबैको सम्मान हुनेछ र निषेधकारी व्यवहारको अन्त्य भई पार्टी सामूहिक तथा संस्थागत ढाँचामा चल्नेछ ।” उनले एमालेका सम्पूर्ण नेता–कार्यकर्तालाई आजको बहसलाई सही राजनीतिक र वैचारिक दिशा दिन हार्दिक अनुरोध समेत गरेका छन् ।

पार्टीभित्र यतिबेला ‘पुनर्जागरण’ र ‘यथास्थितिवाद’ बीच तीव्र वैचारिक बहस चलिरहेको खुलासा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत ‘एमालेजनमा निवेदन’ लेख्दै नेता भट्टराईले पार्टीभित्रको यो बहस कमिटीमा मात्र सीमित नरहेर सार्वजनिक सञ्चार माध्यम र बुद्धिजीवीमाझ समेत पुगिसकेको बताएका हुन् ।

उनका अनुसार एमालेभित्र अहिले दुईवटा धार स्पष्ट रूपमा देखिएका छन् । पहिलो पक्षले पार्टीलाई वैचारिक, राजनीतिक, सांगठनिक, कार्यशैली र नेतृत्वको बहुआयामिक पुनर्गठनमार्फत ‘पुनर्जागरण’ तिर लैजानुपर्ने वकालत गरिरहेको छ भने दोस्रो पक्षले सबै क्षेत्रमा ‘यथास्थिति’ कै निरन्तरता चाहेको छ ।

पार्टीभित्र फरक मत राख्नेमाथि भइरहेका टीकाटिप्पणीप्रति संकेत गर्दै भट्टराईले आफ्नै दलभित्रको भिन्न विचारप्रति बैरभाव राख्नु एमालेको सभ्यता र संस्कृति विपरीत हुने उल्लेख गरेका छन् । “राप्रपा, माओवादी, नेपाली कांग्रेस र मधेसवादी जस्ता प्रतिस्पर्धी दलसँग समेत मिलेर चुनाव लडेको र सत्ता साझेदारी गरेको पार्टीले आफ्नै भित्रको फरक विचारप्रति बैरभाव राख्नु हुन्न,” उनले लेखेका छन्, “देशभक्त, लोकतान्त्रिक र समाजवादी मान्यता राख्ने एमालेका कोही पनि कार्यकर्ता कसैको एजेन्ट वा दलाल हुन सक्दैनन् ।”

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  ९ : १६ बजे

बारामा मोटरसाइकलको ठक्करबाट तीन जनाको मृत्यु

बारा – बाराको जीतपुरसिमरा उपमहानगरपालिका– ९ छातापिपरामा आज साँझ मोटरसाइकलले

बाहुनडाँगीमा हात्ती नियन्त्रण गर्न ‘टास्कफोर्स’ परिचालन

झापा – हात्ती प्रभावित मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सशस्त्र प्रहरी बलले

अत्यधिक गर्मीका कारण धनगढीका विद्यालय चार दिन बिदा

कैलाली – केही दिनदेखि गर्मी अत्यधिक बढेपछि धनगढी उपमहानगरपालिकाले सामुदायिक

विष्णु पौडेल पक्राउपछि प्रदीप ज्ञवालीको प्रतिक्रिया : सरकार पूर्वाग्रह र प्रतिशोधबाट प्रेरित हुनु हुँदैन

काठमाडौं- सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल