मदन भण्डारीले फरक मत राख्नेलाई कहिल्यै दलाल भन्नुभएन: योगेश भट्टराई « Khabarhub

मदन भण्डारीले फरक मत राख्नेलाई कहिल्यै दलाल भन्नुभएन: योगेश भट्टराई

'एमालेमा निषेधकारी व्यवहारको अन्त्य र पार्टी पुनर्गठन आवश्यक'


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले एमालेका तत्कालीन महासचिव मदन भण्डारीको शैली स्मरण गर्दै राजनीतिक बहसलाई तथ्य र तर्कमा आधारित बनाउन आग्रह गरे । विगतमा मनमोहन अधिकारी र सीपी मैनाली लगायतका नेताले फरक विचार राख्दा पनि मदन भण्डारीले उनीहरूलाई दलाल वा एजेन्ट नभनी सम्मानजनक स्थान दिएर सहकार्य गरेको उदाहरण उनले प्रस्तुत गरे ।

“हामी जबजवादी (जनताको बहुदलीय जनवाद) र मदन भण्डारीका उत्तराधिकारी हौँ,” भट्टराईले भनेका छन्, “समय अनुकूल पार्टी पुनर्गठन हुने नै छ, जहाँ सबैको सम्मान हुनेछ र निषेधकारी व्यवहारको अन्त्य भई पार्टी सामूहिक तथा संस्थागत ढाँचामा चल्नेछ ।” उनले एमालेका सम्पूर्ण नेता–कार्यकर्तालाई आजको बहसलाई सही राजनीतिक र वैचारिक दिशा दिन हार्दिक अनुरोध समेत गरेका छन् ।

पार्टीभित्र यतिबेला ‘पुनर्जागरण’ र ‘यथास्थितिवाद’ बीच तीव्र वैचारिक बहस चलिरहेको खुलासा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत ‘एमालेजनमा निवेदन’ लेख्दै नेता भट्टराईले पार्टीभित्रको यो बहस कमिटीमा मात्र सीमित नरहेर सार्वजनिक सञ्चार माध्यम र बुद्धिजीवीमाझ समेत पुगिसकेको बताएका हुन् ।

उनका अनुसार एमालेभित्र अहिले दुईवटा धार स्पष्ट रूपमा देखिएका छन् । पहिलो पक्षले पार्टीलाई वैचारिक, राजनीतिक, सांगठनिक, कार्यशैली र नेतृत्वको बहुआयामिक पुनर्गठनमार्फत ‘पुनर्जागरण’ तिर लैजानुपर्ने वकालत गरिरहेको छ भने दोस्रो पक्षले सबै क्षेत्रमा ‘यथास्थिति’ कै निरन्तरता चाहेको छ ।

पार्टीभित्र फरक मत राख्नेमाथि भइरहेका टीकाटिप्पणीप्रति संकेत गर्दै भट्टराईले आफ्नै दलभित्रको भिन्न विचारप्रति बैरभाव राख्नु एमालेको सभ्यता र संस्कृति विपरीत हुने उल्लेख गरेका छन् । “राप्रपा, माओवादी, नेपाली कांग्रेस र मधेसवादी जस्ता प्रतिस्पर्धी दलसँग समेत मिलेर चुनाव लडेको र सत्ता साझेदारी गरेको पार्टीले आफ्नै भित्रको फरक विचारप्रति बैरभाव राख्नु हुन्न,” उनले लेखेका छन्, “देशभक्त, लोकतान्त्रिक र समाजवादी मान्यता राख्ने एमालेका कोही पनि कार्यकर्ता कसैको एजेन्ट वा दलाल हुन सक्दैनन् ।”

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  ९ : १६ बजे

टर्की, पाकिस्तान र साउदी अरबको रक्षा सम्झौता

एजेन्सी– टर्की सरकारले साउदी अरब र पाकिस्तानसँग भएको मक्का संयुक्त

आगजनीबाट एक करोड ५० लाखभन्दा बढीको क्षति

राँझा– बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीभित्र रहेको

बडादसैँको टीका आज पनि लगाइँदै

काठमाडौँ– विजया दशमीको टीकाको दोस्रो दिन आज एकादशीका दिन पनि

कोप ३१ : आन्तरिक तयारी तीव्र, राष्ट्रिय स्थितिपत्र अन्तिमचरणमा

काठमाडौँ– नेपालले आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीएको अन्टाल्यामा

मध्यावधि चुनावपछि इरानमाथि अमेरिकी आक्रमणको आशङ्का, तेहरानले दियो कडा प्रतिकारको चेतावनी

एजेन्सी– अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे तयारी