झापामा सर्पदंशबाट वृद्धाको मृत्यु « Khabarhub

झापामा सर्पदंशबाट वृद्धाको मृत्यु


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बनियानी– झापाको गौरीगञ्ज गाउँपालिका–४ बाइसेटोलमा विषालु सर्पले डस्दा वृद्धाको मृत्यु भएको छ ।

गौरीगञ्ज–४ बाइसेटोलकी ८८ वर्षीया पञ्चमाया शेर्माको आइतबार साँझ विषालु सर्पले डस्दा निधन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिए ।

कुखुराको खोरको ढोका लगाउने क्रममा खोर नजिकै रहेको इँटाको थुप्रोबाट निस्किएको सर्पले पञ्चमायाको दाहिने हातको माझी औँलामा डसेको थियो । सर्पदंशबाट गम्भीर घाइते भएकी शेर्मालाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएको थियो ।

उपचारका क्रममा गएराति उनको मृत्यु भएको प्रहरीले जनाएको छ । शव हाल बिएण्डसी अस्पतालमा राखिएको छ भने घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  १० : ३० बजे

मदनकृष्णको बायोपिक बनाउँदै मिलन चाम्स, केकी र महेश फाइनल

काठमाडौं – निर्देशक मिलन चाम्सले हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठको बायोपिक

राहदानी छपाइ प्रकरण : आरजु देउवासहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं– ई–पासपोर्ट (राहदानी) छपाइसँग सम्बन्धित अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

पदाधिकारीमा भागबन्डा मिलाउन सकस, तीन उपसभापति, महामन्त्री र सह-महामन्त्रीमा दर्जनौँको दाबी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा पदाधिकारी सर्वसम्मत चयन गर्ने

अलैँची निर्यात : ११ महिनामा १२ अर्ब बढी र ५ वर्षमा ४० अर्ब बढीको निर्यात

काठमाडौं– चालु आर्थिक वर्षको ११ महिनाको वैदेशिक व्यापारमा निर्याततर्फ अलैँची

अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

गण्डकी– फ्लाइ दुबईले आगामी असोज ७ गतेदेखि पोखरा–दुबई सिधा उडान