११ महिनामा झण्डै १९ खर्बको वस्तु आयात, १५ प्रतिशतले बढ्यो व्यापार घाटा « Khabarhub

११ महिनामा झण्डै १९ खर्बको वस्तु आयात, १५ प्रतिशतले बढ्यो व्यापार घाटा


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा झण्डै १९ खर्बको वस्तु आयात भएको छ । 

भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार समीक्षा अवधिमा नेपालमा १८ खर्ब ९४ अर्ब ९ करोड ८८ लाख ७१ हजार रुपैयाँको वस्तु आयात भएको हो । जुन आयात अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.१६ प्रतिशतले बढी हो ।

त्यस्तै, समीक्षा अवधिमा नेपालबाट २ खर्ब ७७ अर्ब ९६ करोड ७२ लाख ६१ हजार रुपैयाँको वस्तु निर्यात भएको छ । सो निर्यात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.२८ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको सो अवधिमा नेपालबाट २ खर्ब ४७ अर्ब ५७ करोड २ लाख १३ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो ।

समीक्षा अवधिमा आयात १५.१६ प्रतिशत र निर्यात १२.२८ प्रतिशतले बढ्दा चालु नेपालको वैदेशिक व्यापार घाटा १५.६७ प्रतिशतले बढेको भन्सार विभागले जनाएको छ ।

सबैभन्दा धेरै डिजेल आयात

भन्सार विभागको तथ्यांकअनुसार समीक्षा अवधिमा नेपालमा सबैभन्दा धेरै डिजेल आयात भएको छ भने दोस्रो धेरै आयात सोयाबिन तेल र सो को कच्चा पदार्थ भएको छ ।

चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा १ खर्ब ५२ अर्ब ६७ करोड ९८ लाख ८५ हजार रुपैयाँको डिजेल आयात भएको छ भने १ खर्ब १९ अर्ब ६३ करोड २ लाख ७ हजार रुपैयाँको सोयाबिन तेलको कच्चा पदार्थ आयात भएको छ ।

त्यस्तै, समीक्षा अवधिमा नेपालबाट १ खर्ब १३ अर्ब रुपैयाँको सोयाबिन तेल र सोको कच्चा पदार्थ र १२ अर्ब १ करोड १४ लाख ८६ हजार रुपैयाँको अलैँची निर्यात भएको विभागले जनाएको छ ।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  १ : ०० बजे

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशलाई धार्मिक पर्यटकीय क्षेत्रको

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम– जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन

चार महिनामा विपद्का पाँच हजार बढी घटना, २५० जनाको मृत्यु

काठमाडौँ– बितेको चार महिनामा देशका विभिन्न भागमा पाँच हजारभन्दा बढी

बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)

बागलुङ– कानुनतः वर्षातको समयमा नदीजन्य पदार्थ उत्खनन् गर्न पाइँदैन ।

युरिया मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ

बागलुङ– किसानका लागि अनुदानमा उपलब्ध गराइएको युरिया मल बागलुङबाट वीरगञ्ज