रात्रिबसमा चढाएर काठमाडौं ल्याइँदै विष्णु पौडेललाई « Khabarhub

रात्रिबसमा चढाएर काठमाडौं ल्याइँदै विष्णु पौडेललाई


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि सोमबार पक्राउ गरिएका नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेललाई सुर्खेतबाट रात्रिबसमा चढाएर काठमाडौं ल्याउन लागिएको छ।

सम्पत्ति शुद्धीकरण विभाग र प्रहरीसहितको टोलीद्वारा पक्राउ गरिएका उनलाई अहिले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ।

गृहमन्त्री सुधन गुरुङको सचिवालयका अनुसार उनलाई सोमबार नै रात्रिबसमा चढाएर काठमाडौं ल्याउने तयारी भइरहेको छ।

सम्पत्ति शुद्धीकरण मुद्दामा उनलाई सुर्खेतमा रहेकाे शुभ हाेटलबाट उनलाई नियन्त्रणमा लिइएको थियो।

पाैडेल एमालेको चुनावी समीक्षा र पार्टी पुनर्गठन अभियान कार्यक्रममा सहभागी हुन आइतबार सुर्खेत झरेका थिए । सुर्खेत प्रहरीका अनुसार उनलाई सोमबार नै रात्रिबसमा राखेर काठमाडौं पठाउने तयारी भएको छ।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  ६ : ३८ बजे

बाढीपहिरोले क्षति पुर्‍याएका तनहुँका सडक तथा पुल मर्मत गर्न सिफारिस

दमौली–  गत असोज ९ देखि ११ गतेसम्मको अविरल वर्षासँगै आएको बाढीपहिरोले

पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

काठमाडौँ–  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज चीन प्रस्थान गरेकी छन् ।

पर्सामा एक महिनामा १११ अपराधका घटना, १२० प्रतिवादी पक्राउ

वीरगन्ज– पर्सामा पछिल्लो एक महिनामा विभिन्न प्रकृतिका १११ अपराधका घटना

आयोजनाको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने

दमौली– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशयबाट

चीन–रुसद्वारा युरेसियामा बाह्य हस्तक्षेपको विरोध

बेइजिङ– चीन र रुसले युरेसिया महादेशमा स्थिरता कमजोर पार्ने बाह्य