जेलेन्स्कीले स्टार्मरको युक्रेन समर्थनको प्रशंसा गरे, रूसले भने नीतिमा परिवर्तन नहुने प्रतिक्रिया « Khabarhub

जेलेन्स्कीले स्टार्मरको युक्रेन समर्थनको प्रशंसा गरे, रूसले भने नीतिमा परिवर्तन नहुने प्रतिक्रिया


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बेलायतका प्रधानमन्त्री केइर स्टार्मरको युक्रेनलाई दिएको निरन्तर समर्थनप्रति प्रशंसा गरेका छन्। रूससँगको युद्धमा बेलायतको भूमिका महत्वपूर्ण रहेको भन्दै उनले स्टार्मरलाई धन्यवाद दिएका हुन्।

स्टार्मरले सोमबार प्रधानमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेपछि जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा प्रतिक्रिया दिँदै सहकार्य र संयुक्त निर्णयहरूले युक्रेनको सुरक्षा र युरोपको रक्षालाई बलियो बनाउन मद्दत गरेको उल्लेख गरे।

युक्रेनले सन् २०२२ फेब्रुअरीमा रूसले आक्रमण सुरु गरेयता बेलायतलाई आफ्नो सबैभन्दा दृढ समर्थकमध्ये एकका रूपमा लिँदै आएको छ। त्यसयता लन्डनले युक्रेनलाई लगातार सैन्य तथा आर्थिक सहायता प्रदान गर्दै आएको छ।

यता क्रेमलिनले स्टार्मरको राजीनामाप्रति प्रतिक्रिया दिँदै बेलायतको नीति बदलिने अपेक्षा नरहेको जनाएको छ। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले दैनिक ब्रिफिङमा बोल्दै स्टार्मरको कार्यकाललाई विशेष रूपमा फरक नभएको टिप्पणी गरे।

उनले भने, ‘डाउनिङ स्ट्रिटको नेतृत्व जोसुकैले लिए पनि रूसको दृष्टिकोणमा ठूलो परिवर्तन हुने देखिँदैन।” साथै उनले हालको राजनीतिक अवस्थाबाट पनि बेलायतको युक्रेनप्रतिको अडानमा परिवर्तन आउने सम्भावना कम रहेको दाबी गरे।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  ७ : ३१ बजे

सुर्खेतमा एक विद्यार्थी मृत भेटिए 

सुर्खेत– सुर्खेतमा लोकसेवा आयोगको तयारी गरिरहेका अछामका एक विद्यार्थी भाडाको

रातभर मनाएर सकियो तलेजुको जात्रा

भक्तपुर– विजयादशमीका दिन मध्यरातिबाट भक्तपुरमा सुरु भएको पायःद्यो अर्थात् खड्ग

तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा

काठमाडौँ– नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित निःशुल्क बस

नदी कटान रोक्न तटीय क्षेत्रमा वृक्षरोपण

कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ स्थित खल्लागोठमा मछेली नदीको कटान रोक्न

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका लागि