वैदेशिक रोजगार विभागको दैनिक प्रगति: २६ नयाँ जाहेरी दर्ता, ७ जना पक्राउ « Khabarhub

वैदेशिक रोजगार विभागको दैनिक प्रगति: २६ नयाँ जाहेरी दर्ता, ७ जना पक्राउ


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । वैदेशिक रोजगार विभागले मिति २०८३ असार ८ गतेको विवरण अनुसार विभागको विभिन्न शाखाहरूबाट कार्यसम्पादन र उजुरी सुनुवाइ भएको छ।

मुद्दा तथा अनुसन्धानमा सक्रियता विभागको मुद्दा तथा अनुसन्धान शाखामा आज एकैदिन २६ वटा नयाँ जाहेरी दर्ता भएका छन्। सोही अवधिमा शाखाले २५ वटा पक्राउ पुर्जी जारी गरेको छ भने २६ वटा पक्राउ अनुमति दिइएको छ।

विभिन्न मुद्दामा संलग्न ७ जनालाई पक्राउ गरी विभागमा उपस्थित गराइएको छ। साथै, ३ वटा मुद्दामा मिलापत्र गरिएको छ भने पक्राउ अनुमति, बैंकलाई लेखिएका पत्र र अभियोग पत्र लगायत गरी कुल ७९ वटा पत्रहरू चलानी भएका छन्।

उद्धार तथा समन्वय शाखाको विवरण अनुसार आज ६ वटा नयाँ उजुरी दर्ता भएका छन्। शाखाले ६ जनाको उद्धार गरेको छ भने ४ वटा क्षतिपूर्तिका विषय टुंगो लगाएको छ। उद्धार र क्षतिपूर्ति दुवै जोडिएका ३ वटा उजुरीमा कार्य भएको छ भने जम्मा ८ वटा मुद्दा फछ्र्यौट गरिएको छ। यसका साथै, द्विपक्षीय छलफल र फोन फलोअपका माध्यमबाट पनि पीडितका समस्या समाधान गर्ने प्रयास जारी राखिएको छ।

गुनासो व्यवस्थापन र कल सेन्टर सरकारी संयन्त्र ‘हेलो सरकार’ मार्फत प्राप्त ६९ वटा गुनासोमध्ये ३५ वटाको समाधान गरिएको छ भने बाँकी ३४ वटालाई सम्बन्धित शाखामा पठाइएको छ । 

त्यसैगरी, विभागको आफ्नै कल सेन्टरमा प्राप्त १७७ वटा गुनासोमध्ये १५८ वटाको तत्काल समाधान गरिएको छ। बाँकी १९ वटा गुनासोहरू हाल अध्ययनको प्रक्रियामा रहेका छन् ।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  १० : ०९ बजे

आर्थिक संकट र अमेरिकी घेराबन्दीबीच इरानमा इन्धनको मूल्य बढाउने तयारी

तेहरान – अमेरिकी प्रतिबन्ध र निरन्तरको युद्धका कारण थलिएको अर्थतन्त्रलाई

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ ८ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ ८ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ८ गते सोमबार सन् २०२६

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी