सम्पत्ति छानबिनको पक्षमा म अझै अडिग छु, भ्रम नफैलाइयोस्: पूर्वअर्थमन्त्री शर्मा « Khabarhub

सम्पत्ति छानबिनको पक्षमा म अझै अडिग छु, भ्रम नफैलाइयोस्: पूर्वअर्थमन्त्री शर्मा


९ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पूर्वअर्थमन्त्री जनार्दन शर्माले सम्पत्ति छानबिनका नाममा आफ्नो संलग्नता नरहेको विषयलाई जोडेर मिडिया ट्रायल गरिएको भन्दै असन्तुष्टि जनाएका छन् ।

नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेल सम्पत्ति छानबिनका क्रममा अनुसन्धानका लागि पक्राउ परेपछि अनलाइन सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आफ्नो नाम समेत जोडिएर आएका समाचारप्रति उनले आपत्ति जनाएका हुन् ।

पूर्वअर्थमन्त्री शर्माले आफू सधैँ सम्पत्ति छानबिनको पक्षमा रहेको स्पष्ट पार्दै सरोकार नै नभएको विषयमा आफ्नो नाम मुछेर भ्रम फैलाउन खोजिएको बताएका छन् ।

“साथीहरू, सम्पत्ति छानबिन गर्नुपर्छ भनेर मैले सदन र पार्टीमा पनि विषय उठाएको हुँ। त्यसमा म अहिले पनि अडिग छु,” शर्माले भनेका छन्, “तर, सरोकार नै नभएको विषय बनाई भ्रम सिर्जना गर्ने उद्देश्य राखेर गरिने मिडिया ट्रायलप्रति दुःख व्यक्त गर्दछु।”

सोमबार एमाले उपाध्यक्ष पौडेल पक्राउ परेसँगै पूर्वअर्थमन्त्री शर्मा समेत पक्राउ पर्न लागेको भन्दै विभिन्न अनलाइनमा समाचार सार्वजनिक भएका थिए । शर्माले आफूले विगतदेखि नै राजनीतिक नेतृत्व र उच्च पदस्थहरूको सम्पत्ति छानबिन हुनुपर्ने माग संसद् र पार्टीभित्रै उठाउँदै आएकाले अनुसन्धानबाट आफू पछि नहट्ने तर नियोजित रूपमा गरिने चरित्रहत्या स्वीकार्य नहुने संकेत गरेका छन् ।

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  ८ : १६ बजे

अम्बे स्टिलको इन्धन ट्यांकीमा आगलागी: एक करोड ५६ लाखको क्षति

नेपालगञ्ज – बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा

झापाको एक ग्यारेजमा आगलागी हुँदा कामदारको मृत्यु, खसीबाख्रा र नगद जलेर नष्ट

बिर्तामोड – झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित एक बडी ग्यारेजको क्यान्टिनमा

बायर्न म्युनिखविरुद्धको खेलमा साका घाइते, चोट गम्भीर हुन सक्ने चिन्ता

लन्डन – इङ्ग्लिस प्रिमियर लिग क्लब आर्सनलका स्टार विंगर बुकायो

एम्बाप्पे र सिल्भाको गोलमा मड्रिडको सहज जित, लिग चरणमा शतप्रतिशत नतिजा

काठमाडौँ – बर्नाडो सिल्भा र केलियन एमबाप्पेको उत्कृष्ट प्रदर्शनप्रेरित रियल

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

ललितपुर – पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच