मन्त्री मेहताद्वारा बकुलहर रत्ननगर अस्पतालको निरीक्षण « Khabarhub

मन्त्री मेहताद्वारा बकुलहर रत्ननगर अस्पतालको निरीक्षण


९ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

भरतपुर– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले रत्ननगरस्थित बकुलहर रत्ननगर अस्पतालको निरीक्षण गरेकी छन् । 

मंगलबार सांसद हरि ढकालसहित निरीक्षणमा अस्पताल पुगेकी मन्त्री मेहताले अस्पतालमा प्राविधिक र जनशक्ति व्यवस्थापनमा मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता जनाइन्। 

उनले स्वास्थ्य सेवालाई प्रभावकारी रूपमा सञ्चालन गर्दै जनगुनासो नआउने गरी काम गर्न चिकित्सक र स्वास्थ्यकर्मीलाई निर्देशन दिइन्। 

नागरिकले सहज रूपमा उपचार पाउने व्यवस्था गर्नु सरकारको दायित्व रहेको भन्दै मन्त्री मेहताले स्वास्थ्य बिमाबाट गुनासो नआउने गरी सेवा प्रदान गर्नुपर्नेमा जोड दिइन्। 

सो अवसरमा अस्पतालका निमित्त निर्देशक डा अङ्कुर पौडेलले अस्पतालमा सिटिस्क्यान मेसिन आवश्यक रहेको भन्दै बजेटको व्यवस्था गरिदिन अनुरोध गरे । 

उनले चिकित्सक सहितको जनशक्ति व्यवस्थापन र भौतिक संरचना निर्माणमा पनि मन्त्रालयले सहयोग गर्ने अपेक्षा राखे । 

प्रदेश सरकार मातहत रहेको यस अस्पतालमा नर्सिङ कलेज स्थापनाका लागि पहल भइरहेको सांसद ढकालले बताए । 

अस्पतालमा दैनिक एक हजार ३०० भन्दाबढी बिरामीले सेवा लिँदै आएका छन् ।
 

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  ४ : ४९ बजे

रास्वपाले धेरै कुरा सिक्न बाँकी रहेछ, आगामी दिनमा सच्चिन्छौं : अशोक चौधरी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य अशोक चौधरी आज

प्रधानमन्त्री पत्नी काफ्लेले भनिन् : सुरक्षाकर्मीले बाेकेको ब्याग मेरो होइन

काठमाडौं – प्रधानमन्त्री बालेन शाहकी पत्नी सविना काफ्लेले आफ्नो ब्याग

रास्वपा महाधिवेशन : मतदान समय आधा घण्टा पछि सारियो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने १९ वर्षीय युवक पक्राउ

काठमाडौं – सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा चन्द्रागिरी

बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरमा बुधबार पहिरोमा पुरिएको गाडीबाट