शक्तिखोर औद्योगिक क्षेत्र निर्माणको काम अघि बढ्छ : मन्त्री यादव « Khabarhub

शक्तिखोर औद्योगिक क्षेत्र निर्माणको काम अघि बढ्छ : मन्त्री यादव


९ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

भरतपुर– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले चितवनको शक्तिखोर औद्योगिक क्षेत्र निर्माणको कामअघि बढाइने बताएकी छन् ।

चितवन उद्योग सङ्घले आज आयोजना गरेको कार्यक्रममा उनले औद्योगिक क्षेत्र सञ्चालन गर्ने विषयमा पहल भइरहेको र छिट्टै यसलाई अगाडि बढाउने बताइन् । उनले सरकारले उद्योगी व्यवसायीलाई लगानी गर्ने र रोजगारी सृजना गर्ने काममा लाग्न प्रेरित गर्ने बताइन्। 

नियम उल्लङ्घन गर्ने उद्योगहरूको विद्युत् लाइन काटिएको र नीति, प्रक्रियामा आई सञ्चालन भएका उद्योगलाई छुटसहित सहयोग गरिएको मन्त्री यादवले बताइन् ।  

चितवन उद्योग सङ्घका उपाध्यक्ष गोपालप्रसाद गैरेले सङ्घका परियोजनाहरूको बारेमा जानकारी गराउँदै शक्तिखोर औद्योगिक क्षेत्रको सञ्चालन गर्ने विषयमा सरकारको ध्यानाकर्षण गराए । व्यवसायी अर्जुन सापकोटाले नेपाली उद्योगका लागि आवश्यक कच्चा पदार्थमा सरकारले कर छुट दिनुपर्ने बताए। 

औद्योगिक क्षेत्र निर्माणका लागि कालिका नगरपालिकाका ३, ७ र ८ र इच्छाकामना गाउँपालिकाको ७ नम्बर वडाको एक हजार १७८ हेक्टर जग्गा तोकिएको छ । औद्योगिक क्षेत्र निर्माणका लागि तयार भएको विस्तृत परियोजना प्रतिवेदनअनुसार करिब ३७ अर्ब लागत लाग्ने अनुमान छ । 

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  ५ : २० बजे

अम्बे स्टिलको इन्धन ट्यांकीमा आगलागी: एक करोड ५६ लाखको क्षति

नेपालगञ्ज – बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा

झापाको एक ग्यारेजमा आगलागी हुँदा कामदारको मृत्यु, खसीबाख्रा र नगद जलेर नष्ट

बिर्तामोड – झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित एक बडी ग्यारेजको क्यान्टिनमा

बायर्न म्युनिखविरुद्धको खेलमा साका घाइते, चोट गम्भीर हुन सक्ने चिन्ता

लन्डन – इङ्ग्लिस प्रिमियर लिग क्लब आर्सनलका स्टार विंगर बुकायो

एम्बाप्पे र सिल्भाको गोलमा मड्रिडको सहज जित, लिग चरणमा शतप्रतिशत नतिजा

काठमाडौँ – बर्नाडो सिल्भा र केलियन एमबाप्पेको उत्कृष्ट प्रदर्शनप्रेरित रियल

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

ललितपुर – पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच