दिनभर चल्यो गृहमन्त्री ‘कुटिएको हल्ला’, अहिले आयो होटलका दुई मजदुरलाई थुनाएको खबर « Khabarhub

दिनभर चल्यो गृहमन्त्री ‘कुटिएको हल्ला’, अहिले आयो होटलका दुई मजदुरलाई थुनाएको खबर


९ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


903
Shares
  • change font
  • change font
  • change font

चितवन : गृहमन्त्री सुधन गुरुङको सचिवालयमा उनका सहयोगी कमल सर्गम चौलागाईंले मंगलबार दिउँसो एउटा सन्देश छाडे ।

जसमा भनिएको थियो, ‘गृहमन्त्रीमाथि आक्रमण भएको भन्ने समाचार भ्रामक र कपोलकल्पित हुन्। यस्ता समाचारको विश्वास नगर्नुहुन सम्पूर्ण सञ्चार माध्यमहरूप्रति अनुरोध गर्दछौं।’

राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा सहभागी हुन चितवनमा रहेका गृहमन्त्री गुरुङ कुटिएको खबर भाइरल भएपछि सचिवालयले त्यसको खण्डन गर्‍यो।

तर त्यसलत्तै चितवनबाटै अर्को खबर भाइरल भयो । गुरुङ बास बसेको भरतपुरस्थित होटल लड्स प्लाजामा मंगलबार बिहान खाजा खाने क्रममा गडबडी भएको सार्वजनिक भयो । गुरुङले अम्लेट खाने क्रममा माछाको काँडा भेट्टाए। त्यसपछि उनले अम्लेट बनाउने होटेलका दुईजना कर्मचारीलाई प्रहरी लगाएर नियन्त्रणमा लिन लगाएको सार्वजनिक भयो ।

अम्लेटमा माछाको काँडा भेटिएपछि उनले उक्त होटेलका कर्मचारीलाई बोलाएर हप्काएको दाबीसहित समाचार भाइरल भए । त्यतिले मात्रै नपुगेर उनले चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र प्रहरी उपरीक्षक रामेश्वर पौडेललाई खबर गरेर होटल र कर्मचारीमाथि कारबाही गर्न निर्देशन दिएको खुल्यो ।

त्यसपछि जिल्ला प्रहरी कार्यालयको टोलीले अम्लेट बनाउने दुईजना कर्मचारीलाई नियन्त्रणमा लिएर गयो । उनीहरूलाई प्रहरीले हिरासतमा त लियो तर मुद्दा चलाउनेबारेमा संकट पर्‍यो । के मा म्याद थप्ने, प्रहरीलाई दशा आइलाग्यो।

तर यसैबीचमा गृहमन्त्रीका उनै सहयोगी चौलागाईंले अर्को सूचना ह्वाट्सएप ग्रुपमा पठाए । जसमा गृहमन्त्री गुरुङको विषयमा आएको समाचारको खण्डन गरिएको उल्लेख गरिएको छ ।

‘गृहमन्त्री सुधन गुरुङज्यूले अम्लेट खाने क्रममा माछाको काँडा भेटिएको विषयमा आएको समाचारको खण्डन गरिएको छ’, ती सहयोगी चौलागाईंले भनेका छन्, ‘चितवनको लड्स प्लाजा होटलमा आज अमलेट खाने क्रममा माछाको हड्डी भेटेको र खाद्य विभागले अखाद्य वस्तुको विषयमा होटल सञ्चालक टिमसँग सामान्य सोधपुछ मात्रै गरिएको र कुनै कर्मचारीलाई पक्राउ नगरिएको जानकारी गराउँछौँ ।’

तर उनले यस्तो भने पनि होटेलका ती दुई कर्मचारीलाई नियन्त्रणमा लिएको पुष्टि चितवनका प्रहरी उपरक्षीक पौडेलले पत्रकारहरूलाई गरेका छन् । होटलका ग्राहकको खानामा अखाद्य वस्तु भेटिएपछि सोधपुछ गर्न दुईजनालाई नियन्त्रणमा लिएको बताउँदै उनले केरकारपछि छाडिने पनि जानकारी पत्रकारहरूलाई दिए।

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  ६ : ०८ बजे

कस्तो छ रास्वपाको परराष्ट्र नीति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘विकास कूटनीति र वैश्विक

संविधान संशोधनबारे के छ रास्वपाको धारणा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान संशोधनमा फरक

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध

रास्वपामा नेतृत्व छान्न भोलि बिहान ९ बजे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन चितवनमा जारी छ ।

रास्वपा सिध्याउन राज्यका सबै अंग प्रयोग गरियो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले यसअघिको