रविको प्रतिवेदन : प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रस्ताव, दुईतिहाइको रक्षा गर्दै सुशासनको नयाँ युगमा लैजाने संकल्प  « Khabarhub

रविको प्रतिवेदन : प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रस्ताव, दुईतिहाइको रक्षा गर्दै सुशासनको नयाँ युगमा लैजाने संकल्प 


९ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

चितवन-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

उनले मंगलबार सुरू भएको बन्दसत्रमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन तथा प्रस्तावले पार्टीको चार वर्षको छोटो तर तीव्र यात्रा, वैचारिक आधार, संविधान संशोधनका फरक धारणा र आगामी मार्गचित्र स्पष्ट पारेको छ।

के के भने ?

१ चार वर्षमा शून्यबाट सिंहदरबारसम्म 

रास्वपा स्थापनाको पाँच महिनामै करिब १२ लाख मतसहित देशकै चौथो ठूलो पार्टी बनेको र पछि २१ सिटमा पुगेको यात्रा उल्लेख गर्दै लामिछानेले पुराना दलहरूको सिन्डिकेट तोडेर वैकल्पिक राजनीतिलाई वैधता दिएको बताए।

२ सरकारमा सुशासनको प्रयास र राज्यका तीन अंगको दुरुपयोग

सरकारमा रहँदा भ्रष्टाचार नियन्त्रण, कानुनको समान प्रयोग र पारदर्शिताका केही नयाँ मानक स्थापित गर्न खोजिएको जिकिर उनले गरेका छन् । 

तर पछि एमाले-कांग्रेस गठबन्धनले रास्वपा र नेतृत्वविरुद्ध षड्यन्त्र गरेको, जेल, मुद्दा र राज्य संयन्त्रको दुरुपयोग भएको आरोप उनले प्रतिवेदनमा लगाए।

३ जेन-जी विद्रोह र परिवर्तन

२०८२ भदौ २३-२४ को जेनजी विद्रोहलाई उनले वर्षौंदेखि जमेको भ्रष्टाचार, दण्डहीनता र असन्तोषको विस्फोट भनेका छन्। त्यसपछि संसद् भंग, अन्तरिम सरकार र नयाँ चुनावमा रास्वपाले करिब दुईतिहाइसहितको ऐतिहासिक जनादेश प्राप्त गरेको उल्लेख प्रतिवेदनमा गरिएको छ ।

४ वैकल्पिक शक्तिहरूसँग एकता र बालेन नेतृत्वको सरकार

विवेकशील आन्दोलन, उज्ज्वल थापा, बालेन्द्र शाह (बालेन) लगायत विभिन्न वैकल्पिक धारसँग समायोजनपछि पार्टीको आकार र वैचारिक गहिराइ बढेको उनको तर्क छ।

हाल बालेन नेतृत्वको सरकारले सुशासन, सम्पत्ति छानबिन, दण्डहीनता अन्त्य र विकास आयोजनामा तीव्रता दिएका पहलहरूको उनले प्रशंसा गरेका छन् ।

५ सामाजिक लोकतन्त्र मूल राजनीतिक सिद्धान्त

पार्टीको मूल सिद्धान्त अब सामाजिक लोकतन्त्र हुने घोषणा गरिएको छ। प्रतिस्पर्धात्मक उदार अर्थतन्त्र, विधिको शासन, जनउत्तरदायी सरकार, लोककल्याणकारी राज्य र समावेशी समाजलाई पाँच आधारस्तम्भका रूपमा प्रस्तुत उनले प्रस्तुत गरेका छन् 

६ संविधान संशोधनका फरक धारणा

स्थिर नेतृत्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी, महँगो निर्वाचन प्रणालीको सट्टा पूर्ण समानुपातिक निर्वाचन प्रणाली, राष्ट्रिय सभालाई गैर(दलीय विशेषज्ञ सभा बनाउने, उपराष्ट्रपतिलाई सभाअध्यक्ष बनाउने र प्रदेश संरचना पुनर्संरचना गर्ने प्रस्ताव गरिएको छ ।

७ आर्थिक दृष्टिकोण र संगठनात्मक सुधार

सामाजिक न्यायसहितको उदार अर्थतन्त्र, विकास कूटनीति र नेपाली डायास्पोरालाई ज्ञान-सीप-लगानीको स्रोतका रूपमा उपयोग गर्ने नीति प्रतिवेदनमा छ। 

साथै पार्टीभित्र समूहवाद, गुटबन्दी र चाकडी संस्कृतिको अन्त्य गर्दै उत्पादन(-उद्यमसँग जोडिएका सदस्य र लिडरसिप एकेडेमी मार्फत नयाँ राजनीतिक संस्कार निर्माण गर्ने प्रतिबद्धता गरिएको छ।

लामिछानेले प्रतिवेदनमा बलिदानप्रति कृतज्ञता व्यक्त गर्दै ‘कुनै पनि बलिदान खेर जाने छैन’ भन्ने संकल्प दोहोर्‍याएका छन्। महाधिवेशनले यो प्रतिवेदनलाई मार्गदर्शक दस्तावेजका रूपमा पारित गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  ८ : ०३ बजे

कस्तो छ रास्वपाको परराष्ट्र नीति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘विकास कूटनीति र वैश्विक

संविधान संशोधनबारे के छ रास्वपाको धारणा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान संशोधनमा फरक

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध

रास्वपामा नेतृत्व छान्न भोलि बिहान ९ बजे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन चितवनमा जारी छ ।

रास्वपा सिध्याउन राज्यका सबै अंग प्रयोग गरियो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले यसअघिको