दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड « Khabarhub

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड


११ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर– दाङका १० स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३-०८४ का लागि बजेट सार्वजनिक गरेका छन् । दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिका गरी १० वटै स्थानीय तहले कूल १० अर्ब १६ करोड ६८ लाख ६१ हजार ४५४ को बजेट सार्वजनिक गरेका हुन् ।  

तुलसीपुर उपमहानगरपालिकाले दुई अर्ब ४४ करोड ९५ लाख ९१ हजारको बजेट ल्याएको छ । यो यहाँका सबै स्थानीय निकायको भन्दा बढी छ । 

 घोराही उपमहानगरपालिकाले दुई अर्ब ३७ करोड ९५ लाख २२ हजार को बजेट पेस  गरेको छ । लमही नगरपालिकाले ९८ करोड १३ लाख ३७ हजार ४५४ गढवा गाउँपालिकाले ८२ करोड ५४ हजार, राप्ती गाउँपालिकाले ७५ करोड चार लाख ९६ हजार, बंगलाचुली गाउँपालिकाले ६२ करोड ८१ लाख ३३ हजार, राजपुर गाउँपालिकाले ६१ करोड एक लाख ९० हजार बजेट प्रस्तुत गरेका छन् । 

त्यसैगरी, बबई गाउँपालिकाले रु ५६ करोड चार लाख ४३ हजार,  शान्तिनगर गाउँपालिकाले ५२ करोड २५ लाख ४७ हजार, दंगीशरण गाउँपालिकाले ४६ करोड ४५ लाख ४८ हजार बजेट सार्वजनिक गरेका छन् ।   

पालिकाहरूले विशेष गरी शिक्षा, स्वास्थ्य, कृषि आधुनिकीकरण, भौतिक पूर्वाधार र रोजगारी सिर्जनालाई बजेटमा प्राथमिकता दिइएको छ । 

पालिकाहरूले सङ्घीय र प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण, सशर्त, समपूरक र विशेष अनुदानका साथै आन्तरिक राजस्वलाई बजेटको मुख्य स्रोतका रूपमा लिएका छन् ।

प्रकाशित मिति : ११ असार २०८३, बिहीबार  १ : ४५ बजे

किशोर श्रेष्ठ पक्राउ परेपछि उपसभामुखको विवादास्पद पोस्ट : ‘पत्रकारको भेषमा राक्षस हाे’

काठमाडाैं – पत्रकार किशोर श्रेष्ठ पक्राउ परेपछि प्रतिनिधिसभाकी उपसभामुख रूबी

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवाबारे छलफल

काठमाडाैं – सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

युवा वर्गको चाहनाअनुसारको काम गरेर देखाउनुपर्ने छ : सभापति लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकले

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ बुधबार राति पक्राउ परेका छन्

नयाँ ठेक्काबाट घुमाउने पुल निर्माण हुन्छ : अर्थमन्त्री डा वाग्ले

तनहुँ – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले घुमाउने पुलको निर्माण कार्य