सेनाको व्यावसायिक क्षमता बढाउन पहल हुन्छ : प्रधानमन्त्री « Khabarhub

सेनाको व्यावसायिक क्षमता बढाउन पहल हुन्छ : प्रधानमन्त्री


२० फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको व्यावसायिक क्षमता वृद्धि गर्न सरकारले आवश्यक पहलकदमी लिने बताएका छन् । सेना दिवसका अवसरमा आज एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले राष्ट्रिय सुरक्षा र प्रतिरक्षाको गहन जिम्मेवारी बहन गरिरहेको नेपाली सेनाले सरकारको महत्वपूर्ण अङ्गका रुपमा यो राष्ट्रिय लक्ष्य हासिल गर्न उल्लेखनीय भूमिका निर्वाह गर्नेमा विश्वस्त रहेको बताएका छन् ।

‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्यका साथ अघि बढिरहेकाले सेनाले पनि त्यसै मर्मअनुसार काम गर्न अग्रसर हुनुपर्नेमा प्रधानमन्त्रीको सन्देशमा उल्लेख गरेका छन् । ‘नेपाल निर्माणसम्मको यात्रामा सेनाले निर्वाह गरेको भूमिका र पुर्‍याएको योगदान इतिहासको स्वर्णीम पानामा अङ्कित भइरहनेछ’, प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, ‘यस अर्थमा सेना दिवस सम्पूर्ण नेपाली र राष्ट्रकै दिवस हो भन्ने मलाई लाग्दछ । सेना दिवसको यस सुखद् अवसरमा म नेपाली सेनाका सकल दर्जाको अतुलनीय राष्ट्रभक्ति, निष्ठा र कर्तव्यपरायणताको प्रशंसा गर्दछु ।’

प्रधानमन्त्री ओलीले आफ्नो सन्देशमा प्राकृतिक विपत्तिका बखत उच्च हौसला, जोश र सेवा भावका साथ उद्धार कार्यमा खटिने समस्त सैनिकप्रति धन्यवाद ज्ञापन गरेका छन् । नेपाली सेनाले विगतमा झैँ आउने दिनमा पनि सरकारले सुम्पिएका निर्माण कार्यलगायतका जिम्मेवारी कूशलतापूर्वक यथासमयमै सम्पन्न गर्ने कुरामा आफू विश्वस्त भएको प्रधानमन्त्रीले सन्देशमा उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २० फाल्गुन २०७५, सोमबार  ७ : ५८ बजे

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६