कालीकोटमा बजेट सार्वजनिक « Khabarhub

कालीकोटमा बजेट सार्वजनिक


१२ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

मान्म– जिल्लाका सबै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि बजेट सार्वजनिक गरेको छन् । 

जिल्लाका तीन वटा नगरपालिका र छ वटा गाउँपालिकाले आव २०८३/८४ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका हुन् ।

सार्वजनिक गरिएका  बजेटले शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, पूर्वाधार विकास, रोजगारी, सामाजिक सुरक्षा तथा सुशासनलाई प्राथमिकता दिइएका छन् । 

कालीकोटका नौ वटा स्थानीय तहले कूल रु चार अर्ब ५५ करोड छ लाख ३२ हजार २२६ को बजेट प्रस्तुत गरेका छन् । 

खाडाँचक्र नगरपालिकाले ५७ करोड ३७ लाख १६ हजार रुपैयाँ, रास्कोट नगरपालिकाले ५६ करोड ६७ लाख ५१ हजार रुपैयाँ को बजेट प्रस्तुत गरेको छ ।
 
त्यस्तै, शुभकालिका गाउँपालिकाले ४० करोड ८८ लाख ३६ हजार ३६ रुपैयाँ, नरहरिनाथ गाउँपालिकाले ६१ करोड ५९ लाख ५९ हजार ७०० रुपैयाँ, सान्नीत्रिवेणी गाउँपालिकाले ४४ करोड २६ लाख २५ हजार ९४७ रुपैयाँ,  पचालझरना गाउँपालिकाले ४१ करोड ४४ लाख ७७ हजार ५४३ रुपैयाँ,  पलाँता गाउँपालिकाले ४९ करोड ६९ लाख ९३ हजार ९१ रुपैयाँ र महावै गाउँपालिकाले ३७ करोड ३८ लाख ३५ हजार ५०२ रुपैयाँको बजेट सार्वजनिक गरिएको छ ।   
 

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  ५ : १० बजे

एन्फाका पूर्वाध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वाध्यक्ष कर्र्माछिरिङ शेर्पा

रास्वपाको पहिलो महाधिवेशनले उब्जाएका १० प्रश्न

काठमाडौं । छ दिनसम्म लगाएर राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशन

युरोपमा किन बढ्यो गर्मी, अस्तव्यस्त जनजीवन

काठमाडौँ । युरोपमा दिनप्रतिदिन भीषण गर्मीले रेकर्ड तोडिरहेको छ। अत्यधिक

महाधिवेशनसँगै नयाँ र पुरानोको द्वन्द्व सकियो, गुट र उपगुट पनि अन्त्य भयो : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले

अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छ: प्रधानन्यायाधीश शर्मा

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक विषयवस्तुसम्बन्धी