आज मदन भण्डारीको ७५औँ जन्मजयन्ती, ओली, प्रचण्ड र नेपाल एउटै मञ्चमा उभिने « Khabarhub

आज मदन भण्डारीको ७५औँ जन्मजयन्ती, ओली, प्रचण्ड र नेपाल एउटै मञ्चमा उभिने


१४ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेले आज जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्ती विशेष कार्यक्रम गरी मनाउँदैछ । मदन जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेसनले पनि आज कार्यक्रमको आयोजना गरेका छ ।

फाउण्डेसनले काठमाडौँको राष्ट्रयसभागृहमा दिउँसो साढे १ बजे गर्ने कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रमुख अतिथि बनाइएको छ ।

यस कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपाल एकै मञ्चमा देखिने भएका छन् । यस्तै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव पनि कार्यक्रममा सहभागी हुने बताइएको छ ।

यसअघि एक अर्काको आलोचनामै समय बिताउने नेताहरु आज एउटै मञ्चबाट सहभागि हुन लागेपछि यसलाई चासोका साथ हेरिएको छ।

केही दिन अघि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले एमालेलगायत उपेन्द्र यादवसँग सहकार्य हुन लागेको बताएका थिए ।

गत फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कम्युनिष्ट पार्टीहरु कमजोर देखिए पछि पुनः सहकार्य र एकताको प्रयास हुन लागेको आकलन गरिएको छ ।

प्रकाशित मिति : १४ असार २०८३, आइतबार  १० : १४ बजे

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले