विदेशिएका नागरिकलाई स्वदेशमा फर्किने वातावरण बनाउनुपर्छ : सभामुख « Khabarhub

विदेशिएका नागरिकलाई स्वदेशमा फर्किने वातावरण बनाउनुपर्छ : सभामुख


१६ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख डोल प्रसाद अर्यालले नेपाललाई समृद्ध राष्ट्र बनाएर बाहिर रहेका लाखौ नागरिकलाई स्वदेशमा फर्किने वातावरण बनाउनुपर्ने बताएका छन् । 

संसद् दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा सभामुख अर्यालले आगामी दिनमा भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गरी समृद्ध राष्ट्र बनाएर देश बाहिर रहेका का लाखौँ नागरिकलाई स्वदेशमा फर्किने वातावरण बनाउनुपर्ने बताएका हुन् ।

उनले अघिल्लो पुस्ताको अनुभव र पछिल्लो पुस्ताको ज्ञानलाई सँगसँगै लिएर देशलाई समृद्ध बनाउनुपर्ने धारणा राखे ।

सभामुख अर्यालले फास्ट ट्रयाकमा देश बनाउने र जनताको जनजीविकाको विषयमा काम गर्नुपर्छ भन्ने युवाहरूको हुटुहुटीलाई सँगै लिएर जानको लागि कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको गति एकै हुनुपर्नेमा जोड दिए ।

संविधानलाई अक्षरशः पालना गरेर कानुनी राज्यलाई अप्ठेरो नपर्ने गरी अघि बढ्नुपर्ने उनको भनाइ छ ।  

नेपालमा २०१६ साल असार १६ गते संसद्को पहिलो बैठक बसेको सम्झनामा संसद् दिवस मनाउने गरिन्छ । 

प्रकाशित मिति : १६ असार २०८३, मंगलबार  १२ : २३ बजे

दिवङ्गत पत्रकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई १६ लाखभन्दा बढी सहयोग संकलन

दमौली– दिवङ्गत पत्रकार एवं साहित्यकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई उपचार तथा

लन्डनको ऐतिहासिक रेस्टुरेन्ट भवन संरक्षण संस्थालाई दान

लन्डन– लन्डनको सबैभन्दा पुरानो रेस्टुरेन्ट सञ्चालन भइरहेको ऐतिहासिक भवन युरोपकै

बडादसैँको टीका, मान्यजनबाट रातो टीका र जमरा लगाइँदै

काठमाडौँ– विजया दशमीको मुख्य दिन आज बडा दसैँको टीका केहीबेर

ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

भक्तपुर– प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रह्मायणी

कास्कीमा एक महिनामा ३२ फरार प्रतिवादी पक्राउ, १६ लाखभन्दा बढी बिगो असुल

गण्डकी– कास्कीमा प्रहरीले गत असोज महिनामा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर