विदेशिएका नागरिकलाई स्वदेशमा फर्किने वातावरण बनाउनुपर्छ : सभामुख « Khabarhub

विदेशिएका नागरिकलाई स्वदेशमा फर्किने वातावरण बनाउनुपर्छ : सभामुख


१६ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख डोल प्रसाद अर्यालले नेपाललाई समृद्ध राष्ट्र बनाएर बाहिर रहेका लाखौ नागरिकलाई स्वदेशमा फर्किने वातावरण बनाउनुपर्ने बताएका छन् । 

संसद् दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा सभामुख अर्यालले आगामी दिनमा भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गरी समृद्ध राष्ट्र बनाएर देश बाहिर रहेका का लाखौँ नागरिकलाई स्वदेशमा फर्किने वातावरण बनाउनुपर्ने बताएका हुन् ।

उनले अघिल्लो पुस्ताको अनुभव र पछिल्लो पुस्ताको ज्ञानलाई सँगसँगै लिएर देशलाई समृद्ध बनाउनुपर्ने धारणा राखे ।

सभामुख अर्यालले फास्ट ट्रयाकमा देश बनाउने र जनताको जनजीविकाको विषयमा काम गर्नुपर्छ भन्ने युवाहरूको हुटुहुटीलाई सँगै लिएर जानको लागि कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको गति एकै हुनुपर्नेमा जोड दिए ।

संविधानलाई अक्षरशः पालना गरेर कानुनी राज्यलाई अप्ठेरो नपर्ने गरी अघि बढ्नुपर्ने उनको भनाइ छ ।  

नेपालमा २०१६ साल असार १६ गते संसद्को पहिलो बैठक बसेको सम्झनामा संसद् दिवस मनाउने गरिन्छ । 

प्रकाशित मिति : १६ असार २०८३, मंगलबार  १२ : २३ बजे

सभामुख डीपी अर्यालद्वारा नागढुंगा सुरुङमार्गको निरीक्षण (तस्बिरहरू)

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डीपी अर्यालले नागढुंगा सुरुङमार्गको निरीक्षण गरेका छन्

‘ह्यासमेन्ट महसुस’ गरेको घटनामा प्रहरीले असहयोग गरेको नायिका उषाको गुनासो

काठमाडौं- संजोक कार्की नाम एक युवाले राति बारम्बार कल गरेको

ओलीको दाबी- सरकारको हस्तक्षेपका कारण एन्फा कारबाहीमा परेको हो 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भाद्र २३ र

चिकित्सा शिक्षाको परीक्षा प्रणाली सुधारको माग गर्दै विद्यार्थीको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान (टीयू–आईओएम) अन्तर्गत एमबीबीएस

विदेशी आवासीय अनुमति लिएका ४ कर्मचारीमाथि कारबाही सिफारिस

काठमाडौं – भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन