कालीगण्डकी माथिको भीरमा बनाएको यो पिङ, जुन बन्यो सामाजिक सञ्जालमा भाइरल « Khabarhub

कालीगण्डकी माथिको भीरमा बनाएको यो पिङ, जुन बन्यो सामाजिक सञ्जालमा भाइरल


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

कुस्मा – कुस्मा बजारको छेउमा रहेको सुनसान भीरमा आजभोलि मान्छेको बाक्लो उपस्थिति हुन थालेको छ, त्यो पनि पिङ खेल्न । पहिले यो भीरमा बाँदरका बथान हिँड्थे । भीरमा रिसोर्ट र पिङ बनेपछि यहाँ मान्छेको चहलपहल शुरु हुन थालेको छ ।

कुस्मा नगरपालिका – ५ मा स्थानीय नरेन्द्रबहादुर खत्रीले १ महिनाअघि रिसोर्ट सञ्चालनमा ल्याएसँगै यो स्थान अहिले पिङको चर्चा हुन थालेको हो । अझ यहाँ पिङ खेलेको भिडियो सामाजिक सञ्जालमा भाइरल हुन थालेपछि यसबारेमा धेरैको चासो बढेको छ ।

सो स्थानलाई स्थानीयले कालीगण्डकीमाथिको दाह्रे ढुंगा भन्ने गर्छन् । साँझपख एक्लै जान समेत डर लाग्ने त्यो भीरमा खत्रीले रिसोर्ट खोलेसँगै पीङ खेल्नका लागि मानिसहरुको घुँइचो लाग्न थालेको छ ।

भीरमा सञ्चालन गरिएको पीङ खेल्नका लागि बाग्लुङ, म्याग्दी, कास्की, चितवन र धादिङ, काठमाडौं लगायतका जिल्लाका मानिसहरु आउने गरेको खत्री बताउँछन् ।

उनका अनुसार यो क्षेत्रमा स्कूले विद्यार्थी आएर शौच गर्ने गर्थे । अहिले भने स्थानीय स्तरमा पर्यटक घुम्ने ठाउँ बनेको छ ।

‘आफ्नो जग्गा त्यसरी दुरुपयोग भएको देखेर आफैले केही नयाँ व्यवसाय गर्नुपर्‍यो भन्ने सोचले ६३२ बीसी रक गार्डेन रिसोर्ट खोलियो,’ सञ्चालक खत्री भन्छन् ।

‘पिङ खेल्नका लागि एक सय रुपैयाँको टिकट काट्नुपर्छ’ उनी भन्छन्, ‘पिक पोइन्टसम्म पुर्‍याइन्छ करिब डेढ मिनेन्टको हुनेछ ।’

खत्रीले यो रिसोर्टसँगै पिङ सञ्चालनमा ल्याउनका लागि हालसम्म ३० लाख खर्च गरेका थिए भने दैनिक ९० हजारसम्म कमाइरहेका छन् ।

कुनै समय उनले १ लाखभन्दा बढी कमाइ गरेको बताउँछन् । भीरको काखमा फलामका खम्बा हालेर बनाइएको पिङमा आन्तरिक पर्यटकहरु मच्चिने गर्छन् । जमिन छोडेर पिङ मच्चिएपछि कालीगण्डकीमाथि पुगिन्छ । पिङ खेल्न महिला र पुरुष दुवैको उत्तिकै सहभागिता रहने खत्रीले बताए ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  ४ : ४० बजे

पालिकाबाटै स्थायी लेखा नम्बर वितरण

गलकोट– आन्तरिक राजस्व कार्यालय बागलुङले स्थानीय तहबाटै स्थायी लेखा नम्बर

प्रधानमन्त्री कप एनभीए भलिबल लिगमा महिलातर्फको फाइनलमा

काठमाडौं– न्यु डायमण्ड युथ स्पोर्टस क्लब प्रधानमन्त्री कप एनभीए महिला

अध्यादेशप्रति कांग्रेसको कडा आपत्ति, संसद्को अधिकारमा सरकारले हस्तक्षेप गरेको आरोप

काठमाडौं– नेपाली कांग्रेसले नेपाल सरकारले संसद् स्थगित गरेर अध्यादेशमार्फत कानुन

भेरी अस्पतालमा बिरामीको मृत्युबारे अस्पतालको स्पष्टीकरण, चिकित्सकमाथि दुर्व्यवहार भएको दाबी

काठमाडौं– नेपालगञ्ज स्थित भेरी अस्पतालले उपचारका क्रममा मृत्यु भएकी एक

सभामुख र चिनियाँ राजदूतबीच भेट, एक चीन नीति र बीआरआईबारे पनि कुराकानी 

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि चिनियाँ राजदूत