‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग « Khabarhub

‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग


१६ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हुलाक सेवासम्बन्धी कानुन ‘हुलाक ऐन, २०१९’ र नीति समयानुकूल परिवर्तन गर्न अधिकारीहरूले जोड दिएका छन् । 

हुलाक सेवा विभागले आज आयोजना गरेको ‘हुलाक सेवाको आधुनिकीकरणसम्बन्धी उच्चस्तरीय संवाद कार्यक्रम’ मा अधिकारीहरूले सो धारणा व्यक्त गरेका हुन् । 

कार्यक्रममा नेपालमा हुलाक सेवाको रूपान्तरण : सरकारी कुरियर सेवा, व्यावसायिकता र नवप्रवर्तन विषयक कार्यपत्र प्रस्तुत गर्दै पूर्वसचिव सुरेश अधिकारीले हुलाक सेवालाई समयानुकूल अघि बढाउन कानुन र नीतिगत सुधार गर्नुपर्ने धारणा राखे।  

हुलाक सेवा विभागका निर्देशक सपनाकुमारी भट्टराईले ‘हुलाक  ऐन,२०१९’ को  संशोधन अनिवार्य भएको जानकारी दिए । 

नेपाल कुरियर सेवा सङ्घका अध्यक्ष अनिल राजभण्डारीले २०५० सालमा हुलाक ऐन संशोधन भएपछि नेपालमा कुरियर सेवा सुरु भएको बताए। नेपालमा कुरियर सेवा सबै जिल्लामा पुगिसकेको छ ।   

सरकारले जारी गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदाको २७ नं. बुँदामा हुलाक सेवालाई सरकारी कुरियर सेवा प्रदायकका रुपमा अघि बढाउने कुरा उल्लेख छ । 
 

प्रकाशित मिति : १६ असार २०८३, मंगलबार  ४ : ५२ बजे

दिवङ्गत पत्रकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई १६ लाखभन्दा बढी सहयोग संकलन

दमौली– दिवङ्गत पत्रकार एवं साहित्यकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई उपचार तथा

लन्डनको ऐतिहासिक रेस्टुरेन्ट भवन संरक्षण संस्थालाई दान

लन्डन– लन्डनको सबैभन्दा पुरानो रेस्टुरेन्ट सञ्चालन भइरहेको ऐतिहासिक भवन युरोपकै

बडादसैँको टीका, मान्यजनबाट रातो टीका र जमरा लगाइँदै

काठमाडौँ– विजया दशमीको मुख्य दिन आज बडा दसैँको टीका केहीबेर

ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

भक्तपुर– प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रह्मायणी

कास्कीमा एक महिनामा ३२ फरार प्रतिवादी पक्राउ, १६ लाखभन्दा बढी बिगो असुल

गण्डकी– कास्कीमा प्रहरीले गत असोज महिनामा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर