पाकिस्तानमा चिकित्सकको विरोध प्रदर्शन जारी, स्वास्थ्य सेवा अवरुद्ध « Khabarhub

पाकिस्तानमा चिकित्सकको विरोध प्रदर्शन जारी, स्वास्थ्य सेवा अवरुद्ध


१६ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

बलुचिस्तान- महिला चिकित्सकमाथि भएको एसिड आक्रमणको विरोधमा पाकिस्तानको बलुचिस्तान प्रान्तमा चिकित्सकहरूले थालेको आन्दोलन २१औँ दिनमा प्रवेश गरेको छ। आन्दोलनका कारण सरकारी अस्पतालहरूमा बाह्यरोगी (ओपिडी) सेवा बन्द हुँदा हजारौँ बिरामी नियमित स्वास्थ्य सेवाबाट वञ्चित भएका छन्।

ओपिडी सेवा लामो समयदेखि अवरुद्ध हुँदा विशेषगरी महिला, बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित भएको जनाइएको छ। यद्यपि आपत्कालीन सेवा, शल्यक्रिया कक्ष र डायलिसिस सेवा भने सञ्चालनमा रहेका छन्। परामर्श तथा नियमित फलोअपका लागि अस्पताल पुगेका हजारौँ बिरामी उपचार नपाई घर फर्किन बाध्य भएको पाकिस्तानी पत्रिका डन ले जनाएको छ।

डनका अनुसार पाकिस्तान मेडिकल एसोसिएसन (पीएमए) क्वेटा जोन र यङ डाक्टर्स एसोसिएसन (वाईडीए) को संयुक्त नेतृत्वमा आन्दोलन भइरहेको हो।

पीएमए क्वेटा जोनले विज्ञप्ति जारी गर्दै एसिड आक्रमण भएको करिब तीन सातासम्म पनि सरकारले घटनाको प्रभावकारी अनुसन्धान गर्न नसकेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ। घटनामा संलग्न व्यक्तिको पहिचान तथा चिकित्सक समुदायले उठाएका मागमा सरकारले पर्याप्त पहल नगरेको एसोसिएसनको आरोप छ।

एसोसिएसनले आक्रमणको पारदर्शी, निष्पक्ष र न्यायिक छानबिनको माग दोहोर्‍याउँदै अनुसन्धान सम्पन्न नभएसम्म प्रान्तीय स्वास्थ्य सचिव र सिभिल अस्पताल क्वेट्टाका मेडिकल सुपरिटेन्डेन्टलाई जिम्मेवारीबाट हटाउन पनि आग्रह गरेको छ। उनीहरूको उपस्थितिले अनुसन्धान प्रभावित हुन सक्ने दाबी गरिएको छ।

पीएमएले ३० भन्दा बढी वरिष्ठ चिकित्सक र स्वास्थ्य अधिकारीविरुद्ध सुरु गरिएको कारबाहीको पनि आलोचना गर्दै त्यसलाई चिकित्सा पेशाप्रति अन्यायपूर्ण र अपमानजनक कदम भएको जनाएको छ।

आन्दोलन जारी रहेकाले आगामी रणनीति तय गर्न सिभिल अस्पताल क्वेट्टामा चिकित्सकहरूको साधारणसभा बोलाइएको छ। पीएमएले बलुचिस्तानका मुख्यमन्त्री, मुख्य सचिव, प्रान्तीय स्वास्थ्य मन्त्री तथा बलुचिस्तान उच्च अदालतका मुख्य न्यायाधीशलाई तत्काल हस्तक्षेप गर्न पनि आग्रह गरेको डनले उल्लेख गरेको छ।

प्रकाशित मिति : १६ असार २०८३, मंगलबार  ५ : ०० बजे

दिवङ्गत पत्रकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई १६ लाखभन्दा बढी सहयोग संकलन

दमौली– दिवङ्गत पत्रकार एवं साहित्यकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई उपचार तथा

लन्डनको ऐतिहासिक रेस्टुरेन्ट भवन संरक्षण संस्थालाई दान

लन्डन– लन्डनको सबैभन्दा पुरानो रेस्टुरेन्ट सञ्चालन भइरहेको ऐतिहासिक भवन युरोपकै

बडादसैँको टीका, मान्यजनबाट रातो टीका र जमरा लगाइँदै

काठमाडौँ– विजया दशमीको मुख्य दिन आज बडा दसैँको टीका केहीबेर

ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

भक्तपुर– प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रह्मायणी

कास्कीमा एक महिनामा ३२ फरार प्रतिवादी पक्राउ, १६ लाखभन्दा बढी बिगो असुल

गण्डकी– कास्कीमा प्रहरीले गत असोज महिनामा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर