नेपाल राष्ट्र बैंकबाट प्राप्त प्रतिवेदनप्रति अर्थ समितिको गम्भीर ध्यानाकर्षण « Khabarhub

नेपाल राष्ट्र बैंकबाट प्राप्त प्रतिवेदनप्रति अर्थ समितिको गम्भीर ध्यानाकर्षण


१६ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंकबाट प्राप्त प्रतिवेदनप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ । 

सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले तथ्य तथ्याङ्ककासहित संक्षिप्त प्रतिवेदन समितिलाई उपलब्ध गराउन निर्देशन दिइएकोमा नेपाल राष्ट्र बैंकबाट प्राप्त प्रतिवेदनमा अपेक्षित विषय उल्लेख भएको नपाइएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

समितिको यही असार ५ गते बसेको बैठकले तथ्य र तथ्याङ्कसहितको प्रतिवेदन पेश गर्न बैंकलाई निर्देशन दिएको थियो । 

तर निर्देशन बमोजिम अपेक्षित विषय उल्लेख नै नगरी प्रतिवेदन प्राप्त भएकाले यसअघिको निर्देशन बमोजिम माग गरिएका विषय स्पष्ट खुलाई पुनः प्रतिवेदन समितिलाई उपलब्ध गराउन निर्देशन दिने निर्णय भएको समिति सभापति कृष्णहरि बुढाथोकीले जानकारी दिए । 

बैठकमा समिति सदस्यहरूले राष्ट्र बैंकको प्रतिवेदन अपूर्ण भएकाले पुनः प्रतिवेदन माग गर्नुपर्ने धारणा राखेका थिए । बैठकले मौद्रिक नीतिका सन्दर्भमा विज्ञ र सरोकारवालाहरुसंग छलफल गर्ने निर्णय समेत गरेको छ । 

प्रकाशित मिति : १६ असार २०८३, मंगलबार  ६ : ४० बजे

रुस, चीन र इरानका नेताहरू एससीओ शिखर सम्मेलनमा सहभागी हुँदै

एजेन्सी– रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी जिनपिङसहित

भोटेकोशी बाढी : मधेस प्रदेशका हराइरहेकामध्ये २२ जना सम्पर्कमा

जनकपुरधाम– रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका १७१

रसुवा सडक सञ्जालसँग पुनः जोडियो

काठमाडौं– भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीका कारण अवरुद्ध

बाढीपीडितका लागि क्यानद्वारा ३० लाख सहयोग

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान)ले भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा

त्रिशूली-३ ‘ए’ सुरुङमा फसेकाको उद्धारमा ८२ जनाको टोली परिचालन

रसुवा- रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि