इजरायली रक्षा प्रतिनिधिमण्डलद्वारा भारतको भ्रमण « Khabarhub

इजरायली रक्षा प्रतिनिधिमण्डलद्वारा भारतको भ्रमण


१० असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इजरायली रक्षा मन्त्रालयका महानिर्देशक अवकाशप्राप्त मेजर जनरल अमिर बाराम नेतृत्वको प्रतिनिधिमण्डलले भारतको भ्रमण गरेको छ । दुई देशबीचको द्विपक्षीय रक्षा तथा औद्योगिक सहयोगलाई थप विस्तार गर्ने उद्देश्यका साथ यो भ्रमण भएको हो ।

भ्रमणका क्रममा महानिर्देशक बारामले भारतका रक्षा मन्त्री राजनाथ सिंह, रक्षा सचिव राजेश कुमार सिंह र चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) जनरल एन. एस. राजा सुब्रमणि लगायत अन्य वरिष्ठ अधिकारीहरूसँग महत्त्वपूर्ण भेटवार्ता गरेका छन् । यस छलफललाई इजरायलले आफ्नो रणनीतिक साझेदारीलाई सुदृढ पार्ने, रक्षा निर्यात बढाउने र आफ्ना रक्षा उद्योगहरूलाई सहयोग पुर्‍याउने बृहत्तर प्रयासको हिस्साका रूपमा लिएको छ।

महानिर्देशक बारामले यो भ्रमणले इजरायल र भारतबीच लगातार बढ्दै गइरहेको बलियो गठबन्धनलाई झल्काएको बताएका छन्। उनले भारतलाई इजरायलको एक प्रमुख रणनीतिक साझेदारको रूपमा उल्लेख गर्दै लामो समयको द्विपक्षीय तयारीपछि यो महत्त्वपूर्ण भ्रमण सम्भव भएको जानकारी दिए।

प्रकाशित मिति : १० असार २०८३, बुधबार  ४ : ४८ बजे

यी १० अविस्मरणीय क्षण : जसले बनायो लियोनल मेस्सीलाई महान् फुटबलर

काठमाडाैँ– दुई दशकभन्दा बढी समय अर्जेन्टिनाको जर्सी लगाएर खेलेका लियोनल

हेटौँडा-काठमाडौँ सडकमा एकतर्फी यातायात, साना र ठूला सवारीलाई फरक रुट

हेटौँडा– हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीको सडकमा सवारीसाधनको चाप अत्यधिक बढेपछि

भोटेकोशी बाढीः ९३९ जनाको शव फेला, तीन हजार ९२५ अझै बेपत्ता

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको

कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि राजधानी बाहिर ग्यास

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर