कर्णालीमा गाडी दुर्घटना : भिरमा अड्किएको शव निकाल्ने प्रयास, बेपत्ताको खोजी जारी « Khabarhub

कर्णालीमा गाडी दुर्घटना : भिरमा अड्किएको शव निकाल्ने प्रयास, बेपत्ताको खोजी जारी


१८ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


759
Shares
  • change font
  • change font
  • change font

दैलेख- दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली राजमार्गमा भएको फोर्स गाडी दुर्घटनापछि उद्धार तथा बेपत्ता यात्रुको खोजीकार्य जारी रहेको छ।

सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी बुधबार बिहान करिब ११ः३० बजे अनियन्त्रित भई सडकबाट करिब ६०० देखि ७०० मिटर तल कर्णाली नदीमा खसेको थियो।

दुर्घटनापछि सशस्त्र प्रहरी बल नेपाल गुल्म दैलेख, माथिल्लो कर्णाली जलविद्युत् आयोजना सुरक्षा बेस तथा प्रहरी चौकी पाल्तडाबाट संयुक्त उद्धार टोली घटनास्थलमा परिचालन गरिएको छ।

उद्धारका क्रममा दुर्घटनास्थलबाट करिब ४०० मिटर तल भिरमा अड्किएको अवस्थामा एक पुरुषको शव फेला परेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले उक्त शव सडकसम्म ल्याउने प्रयास गरिरहेको छ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार गाडीमा कति जना यात्रु सवार थिए भन्ने यकिन विवरण अझै प्राप्त हुन सकेको छैन। बेपत्ता यात्रुको खोजी तथा उद्धार कार्य निरन्तर जारी रहेको उनले जानकारी दिए।

प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरेको छ।

प्रकाशित मिति : १८ असार २०८३, बिहीबार  २ : १२ बजे

एसिसी प्रिमियर कपको उपाधिसहित नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ – ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ २९ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ २९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २९ गते सोमबार सन् २०२६

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको