चार मन्त्रालय घटाएर वार्षिक २० अर्ब जोगाएको सरकारको दाबी « Khabarhub

चार मन्त्रालय घटाएर वार्षिक २० अर्ब जोगाएको सरकारको दाबी


२० असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले संघीय मन्त्रालयहरूको संख्या कटौती गरेर राज्यको वार्षिक २० अर्ब रुपैयाँ व्ययभार जोगाएको दाबी गरेको छ । सरकार गठनको सय दिन पूरा भएको अवसरमा शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत् प्रगति विवरण सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले उक्त जानकारी दिएका हुन् ।

उनका अनुसार नीतिगत सुधार कार्यक्रमअन्तर्गत यसअघि कायम रहेका २५ वटा मन्त्रालयको संख्या घटाएर १८ मा झारिएको छ । यसरी संरचनागत रूपमै व्यापक परिवर्तन गरिएपछि हाल १७ सदस्यीय मन्त्रिपरिषद् गठन भएको र यसबाट मुलुकको ठूलो प्रशासनिक खर्च जोगिने प्रवक्ता पोखरेलले स्पष्ट पारे । मन्त्रालय घटाउने यो कदम सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो चुनावी वाचापत्रमा गरेको प्रतिवद्धताअनुरूप नै कार्यान्वयनमा ल्याइएको उनले बताए ।

प्रवक्ता पोखरेलले मन्त्रालयहरूको संख्या घटाइए पनि विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय भने नयाँ थपिएको जानकारी दिए । मन्त्रालयको संख्या घटाउने तथा नीतिगत सुधार गर्ने अभियानअन्तर्गत नै सरकारले ट्रेड युनियनहरू समेत खारेज गर्ने निर्णय गरेको उनले बताए ।

प्रकाशित मिति : २० असार २०८३, शनिबार  ४ : १५ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का