विश्वकप पावर र्‍याङ्किङमा स्पेन शीर्ष स्थानमा, अर्जेन्टिना तेस्रोमा झर्‍यो « Khabarhub

विश्वकप पावर र्‍याङ्किङमा स्पेन शीर्ष स्थानमा, अर्जेन्टिना तेस्रोमा झर्‍यो


२० असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ चरण सुरु हुनुअघि विश्वकै सबैभन्दा प्रभावशाली खेलकुद सञ्चार संस्था ईएसपीएनले सार्वजनिक गरेको नयाँ पावर र्‍याङ्किङमा स्पेन प्रतियोगिताको सबैभन्दा बलियो दाबेदार टोलीका रूपमा शीर्ष स्थानमा उक्लिएको छ।

राउन्ड अफ ३२ मा अस्ट्रियामाथि ३–० को प्रभावशाली जित निकालेपछि स्पेन पहिलो स्थानमा पुगेको हो । सुरुआती खेलमा केही लय गुमाएको देखिए पनि पछिल्ला प्रदर्शनले टोली फेरि उपाधि दाबेदारका रूपमा स्थापित भएको ईएसपीएनको विश्लेषण छ।

यसअघि शीर्ष स्थानमा रहेको ब्राजिल दोस्रो स्थानमा झरेको छ। जापानलाई हराउँदै अन्तिम १६ मा पुगे पनि टोलीले अझै आफ्नो उत्कृष्ट लय पूर्ण रूपमा समात्न नसकेको विश्लेषण गरिएको छ।

साबिक विश्वविजेता अर्जेन्टिना तेस्रो स्थानमा झरेको छ। केप भर्डेविरुद्ध ३–२ को कठिन जित निकालेपछि अर्जेन्टिनाको प्रदर्शनलाई लिएर केही प्रश्न उठेको ईएसपीएनको टिप्पणी छ। विश्वकपको नयाँ टोली केप भर्डेले अर्जेन्टिनालाई अतिरिक्त समयसम्म कडा चुनौती दिएको थियो ।

फ्रान्स चौथो स्थानमा रहेको छ। स्विडेनलाई ३–० ले हराएर सहज रूपमा अन्तिम १६ मा पुगेको फ्रान्ससँग आक्रमण र रक्षाबीच राम्रो सन्तुलन रहेको विश्लेषण गरिएको छ ।

सह–आयोजक मेक्सिको पाँचौं स्थानमा उक्लिएको छ। इक्वेडरलाई २–० ले हराउँदै अन्तिम १६ मा पुगेको मेक्सिकोले प्रतियोगिताभर उत्कृष्ट रक्षात्मक प्रदर्शन गर्दै अहिलेसम्म कुनै गोल नखाएको तथ्य ईएसपीएनले उल्लेख गरेको छ।

यसैगरी इंग्ल्यान्ड छैटौं, पोर्चुगल सातौं, नर्वे आठौं, संयुक्त राज्य अमेरिका नवौं र कोलम्बिया दशौं स्थानमा रहेका छन्। पावर र्‍याङ्किङले टोलीहरूको अहिलेसम्मको प्रदर्शन, खेल शैली, लय तथा आगामी चरणमा उपाधि जित्ने सम्भावनालाई आधार मानेर मूल्याङ्कन गरेको हो।

विश्वकप अहिले अन्तिम १६ चरणमा प्रवेश गरिसकेको छ। अबका नकआउट खेलहरूले कुन टोली उपाधितर्फ बलियो रूपमा अघि बढ्छ भन्ने स्पष्ट हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २० असार २०८३, शनिबार  ८ : ३१ बजे

भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण

भक्तपुर- जिल्ला प्रशासन कार्यालय भक्तपुरले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका ६०

इभीमा आगलागी, चालकको मृत्यु

चितवन– भरतपुर महानगरपालिका–९ पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा त्यसका

सहिद परिवारलाई मल्हम लगाउँदै नेपालगन्ज उपमहानगरपालिका

राँझा– जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नेपालगन्जका जेन-जी सहिदको सम्मान

भोटेकोशी बाढी : फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

बागलुङ– भोटेकोशी बाढीपछि बेपत्ता इन्जिनियर दम्पती र उनीहरूका दुई सन्तान

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

नुवाकोट– यही भदौ १० गते भोटेकोशीमा नदीमा आएको बाढीले नुवाकोटको