हात्ती धपाउन खोज्दा घरमा आगलागी : आमा छोराको मृत्यु « Khabarhub

हात्ती धपाउन खोज्दा घरमा आगलागी : आमा छोराको मृत्यु


२१ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

चितवन – चितवनमा जंगली हात्तीको आक्रमण र आगलागीबाट आमा–छोराको मृत्यु भएको छ । शनिबार राति ११ बजे को भरतपुर महानगरपालिका–२३, बेलहट्टा स्थानीय पूर्ण बोटेको कच्ची घरमा हात्तीले आक्रमण गर्दा सुतिरहेकी २५ वर्षीया आशिका बोटे र ४ वर्षीय छोरा भरत बोटेको ज्यान गएको हो ।

भरतपुर महानगरपालिका–२३ का वडाध्यक्ष दीपक दवाडीका अनुसार हात्तीले घर भत्काउन थालेपछि पूर्ण बोटेले धपाउनका लागि आगो बाल्ने प्रयास गरेका थिए । सोही क्रममा कच्ची घरमा आगो सल्केको प्रहरीले जनाएको छ । स्थानीय र प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो ।

घटनापछि शनिबार राति नै चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, स्थानीय जनप्रतिनिधि, नयाँ गोरखा गण, मध्यवर्ती उपभोक्ता समिति र प्रहरी टोलीबीच छलफल भएको छ ।

छलफलमा निकुञ्ज कार्यालयमार्फत पीडित परिवारलाई तत्काल उचित राहत उपलब्ध गराउने, क्षतिग्रस्त घर पुनर्निर्माण गरिदिने र हात्तीलाई तत्काल नियन्त्रणमा लिने सहमति भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार घटनास्थलको आवश्यक कानुनी प्रक्रिया तथा मुचुल्का सम्बन्धी कार्य सम्पन्न भएको बताएका छन् ।

प्रकाशित मिति : २१ असार २०८३, आइतबार  ८ : ३८ बजे

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

कास्की– पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी वर्षापछि

भोटेकोशीमा बाढीको जोखिमसँगै मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले भोटेकोशी

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटीको लगातार दोस्रो जित

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले लगातार दोस्रो जित

केरुङ बाढीबाट चीनतर्फ पनि मृतकको संख्या बढ्दै, ५५४ जना बेपत्ता

ल्हासा– बुधबार चीनको सिचाङ स्वायत्त क्षेत्रस्थित केरुङ बन्दरगाहमा आएको पहिरो

बाढीपहिरोका कारण देशका विभिन्न सडक र राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न सडक तथा राजमार्ग अवरुद्ध भएका