बर्दिबास साक्षर नगर घोषणा « Khabarhub

बर्दिबास साक्षर नगर घोषणा


२१ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– बर्दिबास नगरपालिका साक्षर नगर घोषणा भएको छ । योसँगै बर्दिबास महोत्तरीमा साक्षर घोषणा हुने चौथो स्थानीय तह बनेको छ । शनिबार आयोजित एक कार्यक्रममा मधेस प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री शारदा थापाले यो नगरलाई साक्षर घोषणा गरेका हुन् ।

विद्यालय जाने उमेर समूहबाहेक १५ देखि ६० वर्ष उमेर समूहका सम्बद्ध स्थानीय तहका कम्तीमा ९५ प्रतिशत बासिन्दा साक्षर भएपछि साक्षर भएकाले बर्दिबास साक्षर नगरको सूचीमा परेको हो । बर्दिबासले साक्षरताका १२ सूचक पूरा गरेको छ ।

नगर कार्यपालिकाको शिक्षा शाखाका प्रमुख रेवतीप्रसाद पराजुलीका अनुसार नगरको कुल ७५ हजार जनसङ्ख्यामध्ये २५ हजार विद्यार्थी नगरक्षेत्रभित्रका ८० विद्यालयमा औपचारिक शिक्षामा आबद्ध छन् भने १५ देखि ६० वर्ष उमेर समूहका ४६ हजार ५२६ जनामध्ये ४५ हजार ३३२ जनाले साक्षरताको मापदण्ड पूरा गरेका छन् ।

शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख निर्मल घिमिरेले पछिल्लो समय जिल्लाका स्थानीय तहले साक्षरता कार्यक्रमलाई अभियानका रूपमा अगाडि बढाएका जानकारी दिँदै आर्थिक वर्ष २०८३–०८४ मा जिल्लाका ६० प्रतिशत स्थानीय तहलाई साक्षर घोषणा गर्ने लक्ष्यसहित अभियान जारी छ ।

महोत्तरीमा १० नगरपालिका र पाँच गाउँपालिका छन् । यसअघि मनराशिशवा, मटिहानी र जलेश्वर नगरपालिका साक्षर घोषणा भएका हुन् ।

प्रकाशित मिति : २१ असार २०८३, आइतबार  १० : ५७ बजे

झापामा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

झापा – जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको

गोकर्ण जङ्गलको वनदेवीमा दर्शनार्थीको लाम

काठमाडौँ- वर्षमा एकपटक शारदीय नवरात्रमा मात्र सर्वसाधारण भक्तजनलाई पूजा, आराधना

सरकारलाई मिराजको आग्रह : ‘मध्यरात होइन, दशैँपछि दिउँसै गिरफ्तार गर्नू’

काठमाडौं- जेन-जी अगुवा मिराज ढुंगानाले आफूलाई मध्यरातमा नभई दशैँपछि दिउँसै

इजिप्टमा बस र ट्रक ठोक्किँदा १२ जनाको मृत्यु, ३० घाइते

कायरो- इजिप्टको राजधानी कायरोको दक्षिणपश्चिममा बस र ट्रक आपसमा ठोक्किँदा

मैतीदेवीको झिलिमिलीमा रमाउँदै सर्वसाधारण

काठमाडौँ- बडा दशैंको अवसरमा काठमाडौँको मैतीदेवी मन्दिरमा पूजाआजा गर्न आउने