डोल्पाको जगदुल्लामा राति सुतेका बेला पस्यो बाढी : एक महिलाको मृत्यु, ६ जना घाइते « Khabarhub

डोल्पाको जगदुल्लामा राति सुतेका बेला पस्यो बाढी : एक महिलाको मृत्यु, ६ जना घाइते


२१ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

डोल्पा- डोल्पाको जगदुल्ला गाउँपालिका–५, गैरीगाउँमा गएराति आएको हिलोसहितको बाढीमा परी एक महिलाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । अविरल वर्षापछि आइतबार राति करिब ३ बजे धुलाखोला र आसपासका खोल्साबाट आएको लेदोसहितको बाढी गाउँमा पसेको हो ।

बाढीको चपेटामा परी स्थानीय ५६ वर्षीया आनन्दी विकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । राति स्थानीय बासिन्दा सुतिरहेकै अवस्थामा अचानक गाउँमा लेदोसहितको बाढी पसेपछि ठूलो क्षति भएको हो ।

घटनामा परी घाइते भएका ६ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचारको व्यवस्था मिलाइएको छ । बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासी बिहानैदेखि उद्धार तथा राहत कार्यमा जुटिरहेका छन् ।

तस्बिर: भाष्कर बस्नेत/ नेपाल फोटो लाइब्रेरी)

प्रकाशित मिति : २१ असार २०८३, आइतबार  ११ : १५ बजे

झापामा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

झापा – जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको

गोकर्ण जङ्गलको वनदेवीमा दर्शनार्थीको लाम

काठमाडौँ- वर्षमा एकपटक शारदीय नवरात्रमा मात्र सर्वसाधारण भक्तजनलाई पूजा, आराधना

सरकारलाई मिराजको आग्रह : ‘मध्यरात होइन, दशैँपछि दिउँसै गिरफ्तार गर्नू’

काठमाडौं- जेन-जी अगुवा मिराज ढुंगानाले आफूलाई मध्यरातमा नभई दशैँपछि दिउँसै

इजिप्टमा बस र ट्रक ठोक्किँदा १२ जनाको मृत्यु, ३० घाइते

कायरो- इजिप्टको राजधानी कायरोको दक्षिणपश्चिममा बस र ट्रक आपसमा ठोक्किँदा

मैतीदेवीको झिलिमिलीमा रमाउँदै सर्वसाधारण

काठमाडौँ- बडा दशैंको अवसरमा काठमाडौँको मैतीदेवी मन्दिरमा पूजाआजा गर्न आउने